समाज

मिनी ट्रक खोलामा खस्दा चालकको मृत्यु

जेठ २६, २०७७

    भक्तपुर : चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित कालीखोलामा आइतबार राति मिनी ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ। 

    भक्तपुर ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा ५ ख ३११ नम्बरको महाशक्ति ईंट्टाभट्टाको मिनी ट्रक दुर्घटना हुँदा सडकबाट खोलामा झरेको हो। उक्त कालीघाटमा भएको उक्त दुर्घटनामा चाँगुनारायण–३ झौखेल बस्ने अन्दाजी ३५ वर्षका ट्रक चालक नवराज लाछिवाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    ट्रक खोलामा खसेको जानकारी प्राप्त हुना व्यासी प्रहरी प्रभागको टोली घटनास्थल पुगेर चालक लाछिवाको उद्धार गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनामा चालक लाछिवा ट्रकको अघिल्लो भागले च्यापिएको अवस्थामा फेला परेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक (प्रनाउ) दिपक गिरीले बताए। 

    घाइते चालकलाई क्रेनको सहायताले उद्धार गरी सल्लाघारीस्थित डा. इवामुरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको  गिरीले जानकारी दिए। तीव्र्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]