स्थानीय निर्वाचन-२०७९

सप्तरीमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९३ पुग्यो

जेठ २६, २०७७

    काठमाडौं : सप्तरीमा थप १६ जनामा कोराना संक्रमण पुष्टि भएको छ। योसँगै सप्तरीमा संक्रमितको संख्या ९३ पुगेको छ । 

    वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षण गर्दा संक्रमण पुष्टि भएको सप्तरी जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।  आज भेटिएका संक्रमित सप्तरीको बलान बिहुल गाँउपालिका वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना छन्।

    उनीहरूलाई राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ प्रमुख जिल्ला अधिकारी जिल्ला अधिकारी शंकर आर्चायले  जानकारी दिए।  संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]