स्थानीय निर्वाचन-२०७९

दैलेखमा २५ वर्षीया महिलाले जितिन् कोरोना

जेठ २६, २०७७

    दैलेख : दैलेखमा २५ वर्षीया महिलाले कोरोना जितेकी छन्। जिल्ला अस्पताल दैलेखको आइसोलेसनमा उपचार गराई  रहेकी डुंगेश्वर गाउँपालिका १ चुप्राकी महिलाले कोरोना जितेकी हुन्। 

    स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमु डा.निरञ्जन पन्तकाअनुसार जेठ ८ गते भारतबाट आएका उनिहरुका श्रीमान श्रीमति र एक छोरामा ११ गते गरिएको स्वाब परिक्षणमा श्रीमान श्रीमतिमा कोरोना पोजेटिभ देखिए पछि आइसोलेसनमा राखेर उपचार गरिदै आइएको थियो। 

    आइसोलेसनमा राखेर उपचार गरेको १६ दिन पछि श्रीमतीलाई कोरोना नेगेटिभ देखिएको र श्रीमानमा पोजेटिभ देखिएकाले उपचार भैरहेको छ।  कोरोना नेगेटिभ देखिएकी महिलालाई सोमबार घर पठाइएको डा.पन्तले जानकारी दिए।

    आमा बुवा दुबैमा कोरोना पुष्टि भएको भए पनि बालकमा कोरोना संक्रमण देखिएको थिएन। १५ महिने वालक आमाको साथमै थिए।  कर्णाली प्रदेशका १० वटा जिल्लाहरु मध्ये दैलेखमा कोरोना संक्रमितको संख्या सबै भन्दा धेरै रहेको छ। ११ वटा स्थानियतह रहेको दैलेखमा ९ स्थानियतहमा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]