स्थानीय निर्वाचन-२०७९

भारतमा कोरोना संकट : चीनमा भन्दा धेरै संक्रमित महाराष्ट्र राज्यमा

चीनमा मर्नेको संख्या ४६३४, महाराष्ट्रमा ३०६०

जेठ २६, २०७७

    नयाँ दिल्ली : भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ४८६ पुगेको छ। आइतवार रेकर्ड १० हजार ८८४ केस बढेका थिए। एक दिनअघि शनिवार १० हजार ४०८ मामिला सार्वजनिक भएका थिए। 

    भारतको महाराष्ट्र राज्यमा मात्रै आइतवार एकै दिन रेकर्ड ३ हजार ६ पोजेटिभ रिपोर्ट आएका छन्। राज्यमा संक्रमितको संख्या ८५ हजार ९७५ पुगेको छ। यस मामिलामा महाराष्ट्र राज्यले चीनलाई पनि उछिनेको छ। 

    चीनमा ८३ हजार ४३ जना संक्रमित भएका थिए। त्यस्तै चीनमा ४ हजार ६ सय ३४ जनाले ज्यान गुमाएका थिए। यता महाराष्ट्रमा मात्रै ज्यान गुमाउनेको संख्या ३०६० पुगेको छ। संक्रमितको संख्या तीव्र गतिमा फैलिइरहेकाले महाराष्ट्रले मर्नेको संख्यामा पनि केही दिनमै चीनलाई उछिन्‍ने देखिएको छ। 

    एक टिभी पत्रकारसहित ९१ जनाले ज्यान गुमाएका छन्। प्रदेशमा कोरोनाबाट मर्नेको संख्या ३०६० भएको छ। यहाँ ४३ हजार ६०१ जना निको हुन बाँकी छ। राज्यमा ३ हजारभन्दा धेरै पुलिस पोजेटिभ मिलेका छन् भने ३० जनाको ज्यान गइसकेको छ।

    समाचार अनुसार तीव्र गतिमा कोरोना फैलिएपछि महाराष्ट्रका ६० जेलबाट ११ हजार कैदीलाई आपतकालिन पेरोलमा छाड्ने निर्णय लिइएको छ। ९ हजार ६ सय ७१ कैदी पहिले नै छाडिएको छ। राज्यको जेलमा ३८ हजार कैदी छन्। 

    महाराष्ट्रपछि तामिलनाडुमा कोरोना संक्रमित धेरै रहेका छन्। जहाँ ३१ हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। आइतवार रेकर्ड १५१५ संक्रमित भेटिएका छन्। यहाँ ८६ प्रतिशत बिरामीमा कोरोनाको लक्षण देखिएको छैन। 

    मध्यप्रदेशमा आइतवार कोरोनाका १७३ बिरामी भेटिएका छन्। जहाँ १३ जनाको ज्यान गयो। भोपालमा ३९, इन्दौरमा २७, ग्वालियरमा १२, खरगोन र मुरैनामा १०-१० संक्रमित बढेका छन्। राज्यमा कुल ९४०१ मानिस संक्रमित भेटिएका छन्। ८ जुनदेखि देशमा मठ, मन्दिर, मस्जिद, गिरजाघर र गुरुद्वारा खोलिँदैछ। तर भोपालमा कुनै धार्मिकस्थल खोलिने छैन। 

    उत्तरप्रदेशमा आइतवार ४३३ नयाँ संक्रमित भेटिएका छन्। यहाँ ७ जनाले ज्यान गुमाएका छन्। गाजियाबादमा ४६, बुलन्दशहरमा ३७, मुजफ्फरनगरमा २१, मेरठ र कानपुरमा १८-१८, आगरा र गौतमबुद्धनगरमा १७-१७, बागपतमा १६ र अलीगढमा १५ संक्रमित बढेका छन्। प्रदेशमा अहिलेसम्म १० हजार ५३६ बिरामी भेटिएका छन्। यिनमा ४०७६ को उपचार भइरहेको छ।

    राजस्थानमा आइतवार २६२ नयाँ संक्रमित भेटिएका छन्। आइतवारै ९ जनाले ज्यान गुमाएका छन्। जोधपुरमा ८१, भरतपुरमा ६३, जयपुरमा ३८, सिकरमा ११, नागौरमा ९ र टोङ्कमा ६ जना बिरामी थपिएका छ्न। यसका साथै त्यहाँ कुल संक्रमितको संख्या १० हजार ५९९ पुगेको छ। यिनमा २६ सय ६ को उपचार जारी छ। त्यहाँ अहिलेसम्म २४० जनाले ज्यान गुमाइसकेका छन्। 

    बिहारमा आइतवार २३९ जना कोरोन पोजेटिभ भेटिएका छन्। आइतवारै एकजनाको ज्यान गएको छ। सुपौलमा ३८, मुजफ्फरपुरमा ३०, पश्चिमी चम्पारणमा १९, समस्‍तीपुर र मुङ्गेरमा १५-१५ र सीतामढीमा १० जना  संक्रमित भेटिएका छन्। प्रदेशमा कुल ५ हजार ७० संक्रमित भेटिएका छन्। जसमा २६ सय ३५ को उपचार हुँदैछ। बिहारमा कोरोनाबाट ३० जनाको ज्यान गइसकेको छ।

    ७५ दिनपछि खुले धार्मिक स्थल

    लकडाउनको पहिलो चरणमा २४ मार्चदेखि बन्द भएका धार्मिक स्थल देशभरमा आजदेखि खोलिएको छ। दिल्लीमा चाँदनी चौकस्थित गौरी शंकर मन्दिर र कालकाजी मन्दिरमा बिहान भक्तजनले प्रार्थना गरे। उता, लखनऊमा ईदगाह मस्जिदमा पनि नमाज पढिएको छ। यी स्थानमा केन्द्र सरकारको तर्फबाट जारी गरिएको निर्देशिका पालना गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]