राजनीति

बाबुरामको उचाई कागजले निर्धारण गर्दैन : कमल थापा

जेठ २६, २०७७

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सान्तवना दिने गरी सोमबार एउटा राजनीतिक सन्देश दिएका छन्।

    हालै एकता भएको जनता समाजवादी पार्टीको अध्यक्षबाट अन्तिममा फालिएर वरिष्ठ नेतामा सीमित भएपछि थापाले भट्टराईलाई सान्तवना दिएका हुन्। आइतवार निर्वाचन आयोगमा पार्टी दर्ताका क्रममा दोस्रो वरीयतासहित पार्टीको अध्यक्ष रहेका भट्टराईको नाममा टिपेक्स लगाएर चौथो वरीयतासहित वरिष्ठ नेतामा सीमित गरिएको थियो।

    तत्कालीन समाजवादी पार्टीबाट नयाँ पार्टीमा दुईजना अध्यक्ष राख्‍न नसकिने अडान तत्कालीन राष्ट्रिय जनता पार्टी पक्षधरले राखेपछि उपेन्द्र यादव अध्यक्ष बनेका छन् भने भट्टराईलाई वरिष्ठ नेता बनाइएको छ। 

    त्यसपछि थापाले भट्टराईलाई फकाउने गरी राजनीतिक सन्देश दिएका हुन्। 'बाबुराम भट्टराईलाई केहीले खिसी गरेको पढें। बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ। तर,उहाँको वरीयता/राजनीतिक उचाई निर्वाचन आयोगमा पेशभएको कागजले गर्दैन', उनले भनेका छन्, 'लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहाँको स्थान कायम भइसकेको छ। एकता गर्दा नाम तल राख्‍न मानेर बरु उहाँको उचाई अझै बढेको देखिन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]