स्थानीय निर्वाचन-२०७९

बर्दियामा फेरि थपिए १८ संक्रमित, जिल्लामा ५९ पुग्यो

जेठ २६, २०७७

    बर्दिया : बर्दियामा आज फेरि एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार एकैदिन १८ जना संक्रमित थपिएसँगै बर्दियामा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।

    भारतबाट रोजगारी गरेर घर फर्किएका क्वारेन्टाइमा बसिरहेका बर्दियाका ४ पालिकाका १८ जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए।

    आज थपिएकामध्ये बर्दियाको बाँसगढि नगरपालिकामा ९ जना, मधुवन नगरपालिकामा ४ जना, ठाकुरबाबा नगरपालिकाका ३ जना र बारबर्दियाका २ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ।

    बासगढि नगरपालिका वडा नम्बर २ का ४ जना, वडा नम्बर ६ का २ जान, वडा नम्बर वडा नम्बर ५ का १ जना, वडा नम्बर ७ का १ जना र वडा नम्बर ९ का १ जना रहेका छन्। मधुवन नगरपालिका वडा नम्बर ४ का ३ जना र वडा नम्बर ९ का १ जना रहेका छन्।

    यसैगरी, ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का २ जना र वडा नम्बर ४ का १ जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको हो। यस्तै बारबर्दिया नगरपालिका वडा नम्बर ७ का २ जनामा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ।

    संक्रमित सबै जना क्वारेन्टिनमा बसिरहेका र उनिहरुको आरडिटि परिक्षणमा पोजेटिभ देखिएपछि स्वाब संकलन गरि पिसिआर गरिएको जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले बताए। बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परिक्षणका क्रममा १८ जनामा कोरोना पुष्टि भएको हो।

    यसअघि, शनिबार एकै दिन बर्दियाका २८ जनामा कोरोना पोजेटिभ देखिएको थियो। संक्रमितमध्ये बर्दियाको बढैयातालका एक १९ वर्षीय युवक हिजो मात्रै डिस्चार्ज भएर घर फर्किएका छन्। योसँगै बर्दियामा उपचारपछि निको हुनेको संख्या ३ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]