काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको बारेमा बोल्न आफू संसदमा नआएको बताएका छन्।
सोमबार प्रतिनिधिसभा संसद बैठकमा विनियोजन विधेयक २०७७ अन्तरगत मन्त्रालयगत छलफलमा सांसदहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
उनले नेपाली कांग्रेसकी सांसद उमादेवी रेग्मीले सोधेको प्रश्नको जवाफ दिँदै आफू निर्मला पन्तको बारेमा बोल्न संसदमा नआएको बताए। रेग्मीले निर्मला पन्तका हत्याराले कहिले सजाए पाउँछन्? भनेर प्रश्न गरेकी थिइन्।
‘निर्मला पन्तको विषय आजको छलफलसँग सम्बन्ध नहुन पनि सक्छ,’ जवाफ दिँदै मन्त्री गुरुङले भने, ‘निर्मला पन्तबारे सदनभित्र निरन्तर छलफल चलिरहेको र चलिरहने प्रश्न हो। यसको उत्तर प्राप्त गर्न आज उभिएको छैन।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।