धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कर्णाली प्रदेश लगायतका उच्च हिमाली क्षेत्रमा शहरी विकासका कार्यक्रम र बजेट न्यून भएको स्वीकार गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत शहरी विकास मन्त्रालयको विभिन्न शीर्षकमा विनियोजित बजेटमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री नेम्वाङले हिमाली क्षेत्रमा शहरी विकासका कार्यक्रम र बजेट तुलनात्मक रूपमा थोरै भएको बताएका हुन्।
‘यस मन्त्रालयका कार्यक्रमहरु विशेष गरेर सघन शहरी वस्तीहरुमा केन्द्रीत हुने भएकाले कर्णाली प्रदेश लगायतका उच्च हिमाली भेगमा बजेट तथा न्यून भएको कुरा यथार्थ हो’ उनले भने।
शहरी विकास मन्त्रालयको आगामी आर्थिक बर्षका लागि चालु आर्थिक बर्षको भन्दा ४ अर्ब ३० करोड रुपैयाले न्यून रहेकाले सबै कार्यक्रमलाई समेट्न नसकिएको उनले बताए। आगामी बर्षका लागि यस मन्त्रालयका लागि ३६ अर्ब ५२ करोड ३३ लाखको बजेट प्रस्तावित गरिएको छ । प्रतिकुल परिस्थितिमा पनि कार्यक्रम छनौट र बजेट विनियोजन गर्दा मन्त्रालयले प्रादेशिक सन्तुलन र चालु आयोजनालाई निरन्तरता दिने प्रयास भने गरेको उनको दाबी छ।
नेपालको संविधान, १५ औ योजना, सरकारको नीति तथा कार्यक्रम, राष्ट्रिय शहरी नीति, राष्ट्रिय शहरी विकास रणनीति र राष्ट्रिय आवास नीतिलाई मध्येनजर गरी कार्यक्रमको प्राथमिकता छनौट गरिएको उनको भनाई छ।
सन्तुलित शहरी विकास र बसाईसराईलाई व्यवस्थित गर्न मध्ये पहाडी लोकमार्ग र आसपासका १५ नगरपालिका, हुलाकी राजमार्गमा पर्ने १० स्थानमा र तराई मधेसका बाटोमा नपरेका ५ नगरपालिका सहित २७ स्थानमा विगत बर्षहरुदेखि नयाँ शहर आयोजना अघि बढेको उनको भनाई छ। बजेट न्यून भएकाले नयाँ शहरका थप आयोजनाहरु अघि बढाउन नसकिएको उनले स्वीकारे।
बढ्दो शहरीकरणलाई व्यवस्थित गर्न सघन शहरी कार्यक्रम मार्फत भारतसंग सिमा जोडिएका तराई मधेसका २१ वटा जिल्लाका सदरमुकामस्थित नगरपालिकाहरुमा कार्यक्रम संञ्चालन गर्न बजेट विनियोजन गरिएको, स्मार्ट शहरका लागि १३ वटा नगरपालिका र एक शहर एक पहिचान अन्र्तगत १८ वटा नगरपालिकामा सञ्चालित कार्यक्रमका लागि बजेट विनियोज गरिएको उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।