बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर ...
हेटौंडा : नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रका साढे १५ हजार उपभोक्ताले निशुल्क बिजुली प्रयोग गर्न पाउने भएका छन्। सरकारले २०७७÷७८ देखि मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहकलाई निःशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो।
सो अनुसार प्राधिकरणको हेटौंडास्थित वितरण केन्द्रको पछिल्लो मिटर रिडिङअनुसार १५ हजार ६ सय ७२ घरले १० युनिटभन्दा कम विद्युत् खपत गर्ने गरेको पाइएको छ।
यो संख्या कुल ग्राहकको २५ प्रतिशत हो। हेटौंडा वितरण केन्द्रको ६१ हजार २ सय १६ ग्राहक छन्। हेटौंडा वितरण केन्द्रले उपमहानगरपालिका, मनहरी, राक्सिराङ, मकवानपुरगढी, बकैया, बागमती गाउँपालिकाका सबै क्षेत्र र कैलाश गाउँपालिका तथा भीमफेदी गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् सेवा उपलब्ध गराइरहेको छ।
जिल्लाको उत्तरीक्षेत्र थाहा नगर र ईन्द्रसरोवर गाउँपालिकाको सबै क्षेत्र तथा भीमफेदी गाउँपालिकाको ३ र ९ नम्बर वडा, कैशाल गाउँपालिकाको १, २, ५ र ६ नम्बर वडा भने थाहा नगरस्थित प्राधिकरणको पालुङ वितरण केन्द्रले विद्युत सेवा प्रदान गरिरहेको छ। पालुङ वितरण केन्द्रले भने १० युनिटभन्दा कम उपभोग गर्ने उपभोक्ताको संख्या छुट्याउन नसकिने जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।