धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
काठमाडाैं : नेविसंघले पश्चिम रुकुमको चौरजहारी घटना छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ भएको भन्दै विरोध प्रदर्शन गरेको छ।
सांसदहरुको दबाबका कारण सभामुखले संसदीय समिति गठन गर्ने बताए पनि समिति गठनमा ढिलाई गर्नुले घटनालाई लुकाउने खतरा बढेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो।
सोमबार काठमाडौंको माइतीघरमा गरेको विरोध सभामा नेविसंघका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले घटना छानबिनका लागि संसदीय समिति गठनमा ढिलाई गर्दा घटनालाई लुकाई पीडकहरुलाई उन्मुक्ति दिने खतरा बढेको बताए।
राज्य पक्षबाट पीडकहरुलाई संरक्षण गर्ने प्रवृत्ति देखिएकाले उक्त परिस्थितिलाई रोक्न र पीडितलाई न्याय दिन सदन र सडक दुवै ठाउँबाट दबाब दिनुपरेको उनले बताए।
पीडितहरुलाई न्याय पाउने कुरामा मानवअधिकारकर्मी, राजनीतिक दल सबैले सदन र सडकबाट दबाब दिनुपर्ने पौडेलले बताए। विरोध प्रदर्शनमा नेपाल दलित विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका विद्यार्थीहरु समेत सहभागी भएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।