खेलकुद

न्यूजिल्याण्‍डमा दर्शकको उपस्थितिमा सुपर रग्बी लिग जुन १३ देखि

जेठ २६, २०७७

    विश्वभर कोरोना भाइरसका कारण ठप्प रहेको खेलकुद गतिविधि अब सुरु हुने तरखरमा छन्। न्यूजिल्यान्ड, स्पेन, इंग्ल्यान्ड, इटालीले यसै महिनादेखि खेल गतिविधि सञ्चालन गर्दैछन्। न्यूजिल्यान्डले दर्शककै उपस्थितीमा यही जुन १३ देखि सुपर रग्बी लिग आयोजना गर्दैछ। अरू देशहरुले भने दर्शकलाई मैदान प्रवेशमा अनुमति दिएका छैनन्।

    यसै महिनादेखि न्यूजिल्यान्डका अलावा स्पेनमा ला लिगा, इंग्ल्यान्डमा इंग्लिस प्रिमियर लिग र इटालीमा सीरि—ए यसै सुरु हुँदैछ। तर तिनै लिगको प्रतिस्पर्धा खाली मैदानमा हुनेछ र दर्शकलाई प्रवेशमा अनुमति दिईएको छैन। न्यूजिल्यान्ड सरकारले भने आजमध्य रातीदेखि लागू हुनेगरी कोरोना भाइरसका कारण मानिसहरुलाई एकठाउँमा भेला हुन लगाईएको प्रतिबन्ध हटाएको छ।

    यससँगै अब दर्शकहरुले स्टेडियममै पुगेर खेल हेर्न सक्नेछन्। यसको सुरुवात सुपर रग्बी लिगबाट हुने भएको हो। पहिलो खेल ड्यूनेडियनमा हुनेछ। त्यहाँ २५ हजार दर्शक आउने अनुमान गरिएको छ। प्रतियोगितामा न्यूजील्यान्डका पाँच रुग्बी टोलीले भाग लिनेछन्। उनीहरुले १० हप्तासम्म एकअर्काविरुद्ध होम एन्ड अवे म्याच खेल्नेछन्।

    दर्शकहरुलाई स्टेडियममा जान अनुमति दिईएको यो विश्वकै पहिलो व्यवसायिक लिग  हुनेछ। न्यूजिल्यान्ड रग्बीका कार्यकारी प्रमुख मार्क रोबिन्सनले पहिलोपटक सहभागी टोलीहरुले आफ्ना समर्थकहरुको उपस्थितीमा खेल्न लागेको यो पहिलो व्यवसायीक स्पोर्टस लिग भएको बताएका छन्। न्यूजिल्यान्डमा कोरोना केही नियन्त्रणमा आएको छ। देशभर वितेको १७ दिनमा नयाँ संक्रमित नभेटिएका प्रधानमन्त्री जेसिन्डा आर्डेनले बताएकी छिन्  । उनका अनुसार आज रातीदेखि सार्वजनीक कार्यक्रमलाई अनुमति दिईनेछ जसमा खेलकुद गतिविधिपनि पर्नेछ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]