समाज

वृद्धा भत्ताको रकमबाट क्वारेन्टाइनमा बसेकालाई राहत

जेठ २६, २०७७

    स्याङजा : वालिङ १० मदिखोलाका ७८ वर्षीय जमुना अधिकारी र ८६ वर्षीय उमाकुमारी भट्टराईले आफूहरुले पाएको वृद्ध भत्ताको रकमबाट राहत वितरण गरेका छन्।

    भारतलगायत विभिन्न क्षेत्रबाट आएर पूर्णमृत भबानी माविको क्वारेन्टाइन बसेकाहरुलाइ खाद्यान्न सहयोग गर्ने उदेश्यले रहात दिएको उनीहरूले बताए। मरेर स्वर्ग गइएला कि भन्ने धार्मिक बिश्वासले सहयोग गरेको बताउँदै जमुना अधिकारी भन्छिन्, ‘जताततै महामारी रोगले सताएको छ। राज्यबाट आएको पैसा क्वारेन्टाइनमा थुनिएर बसेका छोराछोरीलाई सहयोग गरेका छौँ।’

           ‘राज्यबाट आश मात्र होइन , बिपदको बेला राज्यलाइ सहयोग गर्न पनी सिक्नुपर्दछ। यी बुढी आमाहरुले उदहारणीय कार्य गर्नुभएको छ’, वडा अध्यक्ष अनन्तराज गैह्रेले बताए।

    अधिकारी र भट्टराइले फुर्सदको समयमा बुनेको टपरीसमेत वडा अध्यक्ष अनन्तराज गैह्रे र वडा सदस्य पीताम्बर भुषाललाई प्रदान गरेका छन्। उनीहरुले चाउचाउ, दाल, चामल लगाएतको खाद्यान्न सहयोग गरेका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]