डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा सोमबार एकै दिन थप ३७ जनाको कोराना संक्रमण पुष्टि भएको छ।
धनगढीस्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका थप ३७ जनामा कोरोना पुष्टि भएको हो। जसमा ३४ पुरुष र ३ महिला छन्। कञ्चनपुरका १९ जना, दार्चुलाका १०, डडेल्धुराका ७ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले पुष्टि गरे। योसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ४७ पुगेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकाका १३ जना पुरुष छन्।
उनीहरू १९, ४३, ४०, २९, ४८, २०, २४, ३१, ३९, ३०, २७, २२ र ३६ वर्षीय पुरुष छन्। भीमदत्त नगरपालिकाका दुई महिला र तीन पुरुषमा कोरोना पुष्टि भएको छ। नगरपालिकाकी ४३ र ३२ वर्षीया महिला तथा २३, २५ र ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।
शुक्लाफाटा नगरपालिकाका २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक–एक पुरुषमा कोरोना पुष्टि भएको छ।
शैल्यशिखरका ३४, ३०, २७, २९, २०, १७, २० र २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। डडेल्धुराको परशुराम नगरपालिकाका तीन पुरुष, नवदुर्गा गाउँपालिकाका दुई पुरुष, अमरगढी नगरपालिकाका एक महिला र एक पुरुषमा कोरोना पुष्टि भएको छ।
परशुराम नगरपालिकाका जोगबुढाका २२, २५ र ५७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। नवदुर्गाका २० र २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। अमरगढी नगरपालिका ५ की १८ वर्षीया युवती र वडा नं. १ का ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।