राजनीति

रुकुम घटना छानविन गर्न बन्यो संसदीय विशेष समिति

देवेन्द्र पौडेल संयोजक, म्याद ३० दिन

फाइल फाेटाे
जेठ २६, २०७७

    काठमाडौं : रुकुम पश्‍चिमको चौरजहारीस्थित सोतीमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ।  

    सत्तारुढ दल नेकपाका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन भएको संसद सचिवालयले जनाएको छ। 

    पौडेलको संयोजकत्वमा बनेको विशेष समितिमा  सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली (स्‍नेही) विमला बिक, महेश्वरजंग गहतराज (अथक), मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव सदस्य रहेका छन् । 

    समितिले सभामुखको निर्देशनमा रहेर कार्यविधि बनाएर छानविन अघि बढाउने छ। समितिले आवश्यक ठानेमा अरु व्यक्तिहरुलाई समितिमा सदस्य बनाउन सक्नेछ। समितिले अरु कामहरु प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम अघि बढाउने बताइएको छ। 

    उक्त समितिको म्याद काम सुरु भएको मितिले ३० दिन तोकिएको छ। 'संसदीय समितिले औपचारिक रूपमा काम गरेकाे दिनदेखि ३० दिनकाे म्यादमा रहेर समितिले काम गर्ने छ' संसद सचिवालयका प्रवक्ता राेजनाथ पाण्डेले भने। 
     
    अन्तरजातीय विवाहको विषयलाई लिएर हत्या भएको भन्दै यो घटनाको चौतर्फी आलोचना भइरहेको छ। पूर्व गृहमन्त्री जनार्दन शर्मालाई त उक्त घटनाको ढाकछोप गर्न लागेको आरोप पनि लागेको छ।  कांग्रेसले यो घटनालाई छानविन गर्न पटक पटक संसदमा संसदीय विशेष समिति गठन गर्न माग गर्दै आइरहेको थियो। 

    संसद सचिवालयका प्रवत्ता  पाण्डेका अनुसार आज सोमबार उक्त समितिले पूर्णता पाएको हो। सभामुख अग्निप्रसाद सापकोटाले उत्त घटनाको छानविन अघि बढाउन संसदीय समिति बनाउने भनेर रुलिङ यस अघिको बैठकमा गरेका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]