समाज : सुरक्षा/अपराध

कञ्चनपुर कारागारको सुरक्षा जिम्मा सेनालाई

जेठ २६, २०७७

    कञ्चनपुर : जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायका अनुसार असार १ गतेदेखि नेपाली सेना कारागार सुरक्षार्थ खटिनेछन्। 

    भारतबाट नेपाल भित्रिने नागरिक र क्वारेन्टिनको संख्यामा वृद्धि भरहेकाले नेपाल प्रहरीलाई क्वारेन्टानको सुरक्षामा केन्द्रित हुन सहजीकरणका लागि नेपाली सेनालाई जिम्मा दिने निर्णय गरिएको हो। 

    कोरोना भाइरस संक्रमण बढदै गएकाले जिल्लाभित्र जोखिम न्यूनीकरणमा संलग्न संघ, प्रदेश, स्थानीय तहका अस्पताल एवं स्वास्थ्य केन्द्र, सामुदायिक  तथा निजी क्षेत्रका अस्पतालबीच थप समन्वय र सहजीकरण गर्न नेपाली सेनाका सहसेनानी डा अल्का मजगैयालाई तोकिएको छ। 

    यसैगरी, जिल्लाका क्वारेन्टाइनमा रहेका सात हजारभन्दा बढीमध्ये मुटुरोगी ८, दीर्घरोगी २१, गर्भवती महिला ४०, क्यान्सर रोगी १, पायल्स रोगी १, हालै शल्यक्रिया गरेका २६, जन्डिसका बिरामी १ र ६० वर्ष माथिका नागरिक ९२ जना गरी दुई सय जना छन्।

    कोरोना भाइरस उच्च जोखिममा रहेका ती व्यक्तिको तत्काल आरडिटी परीक्षण गरी नतिजा नेगेटिभ आएमा कञ्चनपुर जिल्लास्तरीय होम क्वारेन्टाइन  कार्यविधि २०७७ अनुसार पठाउने निर्णयसमेत जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गरेको छ।
     
    आरडिटी पोजेटिभ आएमा सम्बन्धित स्थानीय तहमै प्रि आइसोलेसनमा थप स्वास्थ्य उपचारको व्यवस्था मिलाइने बताइएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]