समाज

अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना, ७ घाइते

जेठ २६, २०७७

    अर्घाखाँची : चन्द्र प्रभा मावि क्वारेन्टाइनबाट सोमबार पुष्टि भएका ५ जना कोरोना सक्रमित बिरामी बोकेर सन्धिखर्क आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

    चालक, सहचालकसहित ५ जना कोरोनाका बिरामी बोकेर सन्धिखर्क ल्याउँदै गरेको लु१च ३५३५ नम्बरको एम्बुलेन्स डिहिडाँडाको ओरालो सडकबाट करिब १५ मिटर तल घरमा गएर ठोक्किएकाे जिल्ला सशस्त्र प्रहरी प्रमुख माधव रेग्मीले जानकारी दिए।

    अहिले घटनास्थलतर्फ जिल्ला प्रहरीको टोली, सशस्त्र प्रहरीको टोली र स्थानीय बासिन्दाले उद्धार गरिरहेका बताइएको छ। ५ जना कोरोना सक्रमितमध्ये एक जना महिलाको ढाडमा चोट लागेको बताइएको छ। सडक अत्यन्तै चिप्लो भएका कारण एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]