राजनीति

प्रदेश २ ले थप चार वटा पिसिआर मेसिन खरिद गर्ने

जेठ २६, २०७७

    जनकपुरधाम‌ : कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेश २ थप चार वटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । 

    सोमबार बसेको निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो । पिसिआर मेसिन संचालनमा रहेको जनकपुर, वीरगंज र राजविराजको ल्याबमा एउटा –एउटा र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब सेटअप गर्न चार पिसिआर मेसिन खरिद गर्ने निर्णय भएको समितिका संयोजक तथा मुख्यमन्त्री राउतले जानकारी दिए ।

    यस्तै प्रदेशमा कोरोना परीक्षणलाई तीव्रता दिन थप ५० हजार भिटिएम पनि खरिद गर्ने निर्णय पनि समितिले गरेको छ । साथै परीक्षणमा प्रयोग हुने रिएजेन्टलगायत सामग्री खरिद गर्न समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]