काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
कोरोना नियन्त्रणमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराइयोस्
हेटौंडा : कोरोना नियन्त्रणमा खटिने सुरक्षाकर्मी, चिकित्सक एवं स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध गराउन बागमती प्रदेश सरकारका नाममा उच्च अदालत हेटौंडाले परमादेश जारी गरेको छ।
२०७६ जेष्ठ २६ गते उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र नागेन्द्रलाल कर्णको संयुक्त इजलासले परमादेश जारी गरेको हो।
परामदेशमा भनिएको छ ‘कोरोना भाइरस नियन्त्रणको काममा फ्रन्ट लाइनमै खटिने सुरक्षाकर्मी, चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उक्त रोगले आक्रमण नगरोस् भनी व्यक्तिगत सुरक्षाका सामाग्री उपलब्ध गर्नुगराउनू, निशुल्क औषधि उपचार व्यवस्था गर्नु, निशुल्क स्वास्थ्य परिक्षण गर्नु, मास्क तथा सेनिटाईजर उपलब्ध गराई सार्वजनिक ठाउमा साबुन पानीबाट हात धुने व्यवस्था गर्नु।’
उक्त परमादेश सोमबार बागमती प्रदेशका मुख्यमन्त्री एवं मन्त्रिपरिषद कार्यालय नाममा परमादेश जारी भएको हो। रिट निवेदकका तर्फबाट अधिवक्ता ध्रुवप्रसाद चौलागाई, अधिवक्ताहरु बालकृष्ण अधिकारी र सम्बल चौलागाईले बहस गरेका थिए।
बागमती प्रदेशका मुख्यमन्त्री एवं मन्त्रिपरिषद् समेतको तर्फबाट मुख्य न्यायाधीवक्ता ओम थपलिया र शान्ता वाईवा एवं विपक्षी जिल्ला प्रशासन कार्यालय मकवानपुर समेतको तर्फबाट सहन्यायाधीवक्ता श्री बाबुराम अधिकारीले बहस गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।