राजनीति

कांग्रेसले भन्यो : कोरोना नियन्त्रणमा सरकारको असफलता उदांगियो

स्वास्थ्य सामग्रीदेखि क्‍वारेन्टाइनमा पनि भ्रष्टाचार गरेको आरोप

जेठ २६, २०७७

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ। 

    सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पूर्णरुपमा असफल भएको निषकर्ष निकालेको हो। 

    सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने भएको छ। 

    पर्याप्त स्वास्थय सामाग्री आपूर्ति गर्न नसक्नु, आपूर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टाचार हुनु, व्यवस्थित क्‍वारेन्टाइन नहुनु, क्‍वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको ठहर कांग्रेसले गरेको छ। 

    आइसोलेसन सेन्टरसँगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्‍ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामाग्रीको वितरण उचित र न्याय पूर्ण नहुनुलाई सरकारको कमजोरीको रुपमा कांग्रेसले चित्रण गरेको छ। 

    केन्द्रीय सदस्य रमेश लेखकले कोभिड-१९ को नियन्त्रणका निम्ति पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय बैठकले गरेको जानकारी दिए।

    'नेपाली कांग्रेस नेपालमा कोरोना नियन्त्रणको सन्र्दभमा अहिलेको सरकार पुर्ण रुपमा असफल भएको निष्कर्षमा पुगेको छ। सरकार असफल भएको छ भन्ने निर्णय आज हामीले गरेका छौँ', उनले भने, 'यसका मूल कुराहरु समयमा स्वास्थय सामाग्री आपूर्ति गर्न नसक्नु, आपूर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक रुपमा भ्रष्टाचार भएको कुराहरु उठ्नु, अहिले लाखौ लाख मानिस क्वारेन्टाइनमा छन् तर क्वारैन्टाइन अन्त्यन्तै अव्यवस्थित छन्। क्‍वारेन्टाइनमा कोरोना परीक्षण गर्न किटको अभाव छ। प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि गरिएको छैन। आइसोलेसन सेन्टरहरु उचित ढंगले व्यवस्थापन गरिएका छैनन्। अस्पतालहरुको क्षमता बढाइएको छैन।'

    कांग्रेसले विदेशबाट आउनेलाई पनि सुरक्षितरुपमा नल्याइएको दाबी गरेको छ। 'विदेशबाट आउने मानिसहरुलाई सुरक्षित ढंगले इज्जत पुर्वक आफ्नो घर पुग्ने प्रबन्ध गरेको छैन। राहत पनि उचित र न्यायसंगत ढंगले वितरण गरिएको छैन। राहतमा पनि राजनीति गरिएको छ। अहिले जनताले देशमा  सरकार भएको अनुभुति गर्न सकेका छैनन्', उनले भने, 'अथवा सरकारले जनताको जीउ धनको सुरक्षा गर्न अभिभावकको भूमिका निर्वाह गर्न सकेको छैन। यो सरकार असफल भएको छ। सरकार यस्तो विषम परिस्थितमा जनतासँग जोडिन सकेको छैन। भने नेपाली कांग्रेसले यो विषयलाई गम्भीरतापूर्वक लिएरको छ। हामी जनतासँग जोडिएका छौ।'

    सरकार  अहिले कोभिड-१९ को नियन्त्रणका निम्ति पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय पनि गरेको छ।

    संकटको बेला पनि सरकारी राहतमा राजनीतिकरण भएको तथा लकडाउनका कारण भोकमरीले जनताको ज्यान जान थालेकाले जनताले देशमा सरकार भएको अनुभूति गर्न नसकेको निष्कर्ष कांग्रेसले निकालेको छ।

    कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न पनि सरकारसँग कांग्रेसले माग गरेको छ। त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र सञ्चारकर्मी लगायत कोभिड-१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]