अर्थ

सात जिल्लाका ५६ विद्यालय पुनर्निर्माणमा भारतको ३ अर्ब सहयोग

जेठ २६, २०७७

    काठमाडौं : भारतले नेपालका सात जिल्लामा ५६ वटा विद्यालय पुननिर्माण गर्न ३ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ। नेपालका गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माणमा भारतले सहयोग गर्न लागेको हो।

    भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यससम्बन्धी ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

    नेपालमा भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको नेपाली रुपैयाँ २ अर्ब ९५ करोड आर्थिक सहयोगमा यी विद्यालयका भवन बनाइनेछ।

    भूकम्प प्रतिरोधी क्षमतासहितका विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्डअनुसार पुनर्निर्माण हुनेछन्। विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा पनि छन्। 

    भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालय भवनका लागि प्राविधिक सहयोग प्रदान गर्नेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]