समाज

राउत क्षेत्री समाजको भवन बनाउन उद्योगी राउतले दिए ५ लाख

जेठ २५, २०७७

    काठमाडौं : राउत क्षेत्री समाजको केन्द्रीय कार्यालय भवन तथा कुलायन मन्दिर बनाउन उद्योग वाणिज्य संघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले ५ लाख रुपैयाँ सहयोग गरेका छन्। 

    काठमाडौंको गोकर्णेश्‍वर-९ आरुबारीमा बनिरहेको राउत क्षेत्री समाजको केन्द्रीय कार्यालय भवनका लागि उनले कार्य समिति अध्यक्ष भगवानबहादुर राउतलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। 

    भोजपुरको दावाँ पुर्ख्यौली थलो भइ हाल बिराटनगर बस्दै आएका राउत समाजसेवीकारुपमा पनि परिचित छन्। कार्यसमितिका अर्थ संयोजक जीवन राउतका अनुसार एक करोड लागतमा उक्त भवन बन्‍न लागेको हो। 

    हाल भवनको पहिलो तला ढलान भइरहेको छ। राउत क्षेत्री समाजका सदस्यहरुबाट चन्दा संकलन गरेर उक्त भवन बनाइँदैछ। राउतले आफूले जस्तै अरुलाई पनि भवन निर्माणमा सहयोगका लागि अपिल गरेका छन्। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]