डडेल्धुरा : डडेल्धुरामा कोरोना संक्रमतिको संख्या १४ जना पुगेका छ। सोमबार ७ थपिएसँग जिल्लामा संक्रमतिको संख्या १४ पुगेको छ।
जिल्लाको परशुराम नगरपालिकाका तीन पुरुष, नवदुर्गा गाउँपालिकाका दुई पुरुष, अमरगढी नगरपालिकाका एक महिला र एक पुरुषमा सोमाबार कोरोना पुष्टि भएको छ। परशुराम नगरपालिकाका जोगबुढाका २२, २५ र ५७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।
नवदुर्गाका २० र २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। अमरगढी नगरपालिका ५ की १८ वर्षीया युवती र वडा नं. १ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले जानकारी दिए। ‘ट्राभल हिस्ट्री’ खुलेको छैन।
शनिबार डडेल्धुरामा एक सुत्केरीमा कोरोना संक्रमण पुष्टि थियो। नवदुर्गा गाउँपालिका–४ सिरोडकी २१ महिलामा कोरोना पुष्टि भएको हो। नवदुर्गा गाउँपालिका–४ सिरोडस्थित क्वारेन्टाइनबाट सुरक्षित तरिकाले प्रसूतिका लागि जेठ २१ गते अस्पताल आएकी थिइन्।
उनको २१ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरी धनगढी पठाइएको थियो। २३ गते बिहान साढे १० बजे सुरक्षित तरिकाले अस्पतालमा शिशु जन्माएकी उनको शनिबार कोरोना रिपार्ट पोजेटिभ आएको थियो।
ती महिला भारतबाट आएका थिइन्। कोरोना रिपोर्ट आएपछि उनीसहित शिशुलाई अस्पतालाको आइसोलेसनमा राखिएको छ। आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
यसअघि शुक्रबार गन्यापधुरा गाउँपालिका १ का ३८ वर्षीय पुरुष र १७ वर्षीय युवक, त्यही गाउँपालिका २ का १९ वर्षीय युवक २५ र ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो। उनीहरू सबै भारतबाट आएका हुन्। उनीहरूलाई सदरमुकामस्थित अपि अस्पतालमा राखिएको छ।
१४ जना संक्रमित यीमध्ये डडेल्धुराका पहिलो संक्रमित परशुराम नगरपालिका-१० का २८ वर्षीय कोरोनालाई जितेर घर फर्किसकेका छन्।
जेठ ६ गते स्क्रब टाइफसको उपचार गराउन डडेल्धुरा अस्पतालबाट ती युवा फर्केकै दिन उनको स्वाब संकलन गरिएको थियो। सरकारी कर्मचारीसमेत रहेका ती युवकमा जेठ ९ मा संक्रमण पुष्टि भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।