स्थानीय निर्वाचन-२०७९

कोरोना संक्रमितको शव व्यवस्थापन मुस्किल, ठाउँ ठाउँमा अवरोध

संक्रमितको शव तीन घण्टा लगाएर गाडियो

जेठ २६, २०७७

     कास्की : कोरोना संक्रमणबाट पोखरामा मृत्यु भएका एक व्यक्तिको  शव व्यवथापन गरिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा गएराति साढे ११ बजे मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको शव ३ घण्टा लगाएर व्यवस्थापन गरिएको हो।

    गुरुङको शव नेपाली सेनाको एक विज्ञ टिमको सहयोगमा पोखरा महानगरपालिका-११ स्थित रिठ्ठाघाटमा व्यवस्थापन गरिएको महानगर प्रमुख मानबहादुर जिसीले बताएका छन्। सुरुमा शव व्यवस्थापन गर्ने स्थानको खोजीले अलमल भएको थियोश्र 

    सुरुमा महानगरले शव हरियोखर्कमा व्यवस्थापन गर्ने निर्णय लिएको थियो। तर त्यहाँका  स्थानीयबासीले अवरोध गरेका थिए। 

    नेपाली सेनाको टोलीले सेती नदी किनारको रिट्ठेघाटटमा शव व्यवस्थापन गर्दा पनि स्थानीयबासी प्रतिकारमा उत्रिएका थिए । विरोधमा उत्रिएका स्थानीयलाई रोक्न प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। 

    फोटोहरु : सुमन ढुंगाना

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]