कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण युरोपमा ३० लाख भन्दा धेरै मानिसको ज्यान जोगिएको दावी गरिएको छ।
बेलायतस्थित इम्पेरियल कलेजले गरेको अध्ययनमा यस्तो दावी गरिएको हो। यदी लकडाउन नगरिएको भए मृत्युदर अझ भयावह हुने अध्ययनमा उल्लेख गरिएको छ।
शुरुमा थोरै मानिसमा संक्रमण भएपनि समयमै लकडाउन नगर्दा सोही संख्याबाट महामारी फैलिएको दावी गरिएको छ।
अस्ट्रिया, बेल्जियम, डेनमार्क, फ्रान्स, नर्मनी, इटली, नर्वे, स्पेन, स्वीडेन, स्वीट्जरल्यान्ड बेलायतमा मे देखि नै लकडाउनको प्रभाव देखिएको र संक्रमण दर तथा हताहति कम भएको सो अध्ययनमा उल्लेख छ।
कोरोना महामारीका कारण हालसम्म यी देशहरुमा एक लाख ३० हजार मानिसको ज्यान गइसकेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।