समाज

सन्धिखर्क नगरपालिकाको सम्पूर्ण सेवा आजदेखि बन्द

जेठ २७, २०७७

    अर्घाखाँची : उप्रमुखमा कोरोना संक्रमण देखिएपछि मंगलबारदेखि सन्धिखर्क नगरपालिकाको सम्पूर्ण कामकाज बन्द हुने भएको छ।

    उपप्रमुखमा संक्रमण पुष्टि भएपछि नगरपालिकाले पछिल्लो १० दिनभित्र कार्यालयमा आई नियमित काम गरेका सम्पूर्ण कर्मचारीहरुलाई होम क्वारेन्टाइनमा बस्न लगाएकाले आग्रह गरेको छ।

    कर्मचारीहरुको मंगलबार स्वाब संकलन गरी परिक्षणका लागि पठाइने र त्यसको रिपोर्ट नआउँदासम्म कार्यालयको सम्पूर्ण कामकाज तथा सेवा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिएका छन्।

    सन्धिखर्कमा सोमबार उपप्रमुखसहित ३१ जनामा संक्रमण पुष्टि भएको थियो। जसमा वडा नम्बर ६ का १३, वडा नम्बर ७ का १५ जना रहेका छन्।
    संक्रमित सबैजनालाई सोमबार नै सन्धिखर्क नगरपालिकाको हटारीनेटामा रहेको आइसोलेसन राखिएको नगर प्रमुख कमलप्रसाद भुसालले जानकारी दिए। उपप्रमुख भने होम क्वारेन्टाइननमा रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]