स्थानीय निर्वाचन-२०७९

के चीनमा डिसेम्बरअघि नै कोरोना भाइरस फैलिसकेको थियो ?

जेठ २७, २०७७

    अहिले विश्वलाई कोरोना महामारीले दपेटिरहेको छ। चीनको वुहान शहरमा गत डिसेम्बर ३१ तारिखमा पहिलो मामिला भेटिएपछिको अवधिमा विश्वभर अहिलेसम्म ७० लाख ८५ हजार भन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। संक्रमितमध्ये चार लाख पाँच हजार १६८ जनाको ज्यान गएको तथ्यांक जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको छ। 

    अमेरिकालगायत केही पश्चिमा मुलुकले कोरोना भाइरस फैलनुमा चीनलाई दोषी ठानेका छन्। वुहानस्थित जैविक अनुसन्धान केन्द्रबाट कोरोना भाइरस चुहावट भएकोदेखि यसबारे जानकारी लुकाउने र पारदर्शीता नदेखाउने काम चीनले गरिरहेको यी मुलुकहरुको आरोप छ। यद्यपी चीनले यी आरोपहरुको खण्डन गर्दै आएको छ। 

    पछिल्लोपटक अमेरिकाको हावर्ड मेडिकल स्कुलले गरेको एक शोधमा पनि चीनतर्फ नै इङ्गित गरिएको छ। चीनले पहिलो संक्रमित भेटिएको दावी गरेको डिसेम्बरअघि नै त्यहाँ कोरोना महामारी फैलिइसकेको सो शोधमा उल्लेख छ। 

    कमर्सियल स्याटेलाइट इमेजरीका माध्यमबाट वुहान शहरका केही तस्बिरको अध्ययन गरिएको र सन् २०१९ को अगस्ट महिनामै त्यहाँका अस्पतालहरुमा मानिसहरुको अस्वाभाविक भीडभाड देखिएको सो शोधमा दावी गरिएको छ। वुहान शहरका पाँच ठूला अस्पताल बाहिर ठूलो संख्यामा सवारीसाधन देखिएको र यसबाट डिसेम्बरअघि नै त्यहाँ कोभिड १९ को प्रकोप शुरु भएको ठानिएको छ।


    चीनको हुवेईस्थित वुमन एण्ड चिल्ड्रेन हस्पिटलमा सन्‌ २०१८ अक्टोबर १० र सन् २०१९ अक्टोबर १७ मा पार्किङ गरिएको कारको संख्या उल्लेख गररिएको स्याटेलाइट इमेज।

    तर यो शोधले अन्य सम्भावनाहरुलाई पनि आधार मानेकाले कोरोनाकै कारण वुहानका अस्पतालहरुमा मानिसको भीडभाड भएको तथ्य विश्वास गर्न भने गाह्रो छ। मौसमी फ्लु र रुघाखोकी तथा डायरियाका कारण पनि त्यहाँ उपचारका लागि मानिसहरुको भीडभाड लागेको हुनसक्ने ठानिएको छ। 

    शोधकार्यको नेतृत्व गरेका डा. जोन ब्राउनस्टेनले अगस्ट महिनाका तस्बिरहरु हेर्दा चीनको उहानमा अक्टोबर महिनामै केही भइरहेको दावी गरेका छन्। उनले भनेका छन्, 'कोरोना भाइरस महामारी शुरु भएको भनिनुअघि नै चीनमा केही सामाजिक व्यवधान पक्कै देखिएको थियो, यो मामिला कोरोना महामारीसँग नै सम्बन्धित हुन सक्छ।' 

    गत डिसेम्बरमा चीनले विश्व स्वास्थ्य संगठनलाई त्यहाँ निमोनियाजस्तो लक्षण देखिने स्वास्थ्य समस्या फैलिएको जानकारी गराएको थियो। यसको नौ दिनपछि चीनले आधिकारिक रुपमै त्यस्तो निमोनियाका लक्षण देखिएका बिरामीमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको थियो। 

    चीनको वुहान शहरमा ३१ डिसेम्बरमा कोरोना भाइरसको पहिलो मामिला सार्वजनिक गरिएको थियो

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]