स्वास्थ्य

बढी मूल्यमा स्वास्थ्य सामग्री बिक्री गर्ने औषधि पसललाई कारबाही

जेठ २७, २०७७

    दाङ : बढी मूल्यमा स्वास्थ्य सामग्री बिक्री गर्ने तीनवटा औषधि पसल कारबाहीमा परेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले गरेको घोराहीमा अनुगमनका क्रममा बढी मूल्यमा बिक्री गरेका भेटिएपछि कारबाही गरेको हो। 

    युनाइटेड साइन्टिफिक एण्ड सर्जिकल हाउस प्रालि र लक्की सर्जिकल एण्ड सप्लायर्सले मास्क, पिपिई र थर्मल गन बिक्री गर्दा ३० देखि ५६ प्रतिशतसम्म बढी मूल्यमा लिएको पाइएकाले कारबाही गरेको कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले बताए। ती पसललाई जनही २/२ लाख जरिवाना तोकिएको उनले बताए। 

    त्यस्तै, घोराहीकै चाहाना सर्जिकल एण्ड सप्लार्यलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ। उक्त पसलले खरिद बिल देखाउन नसक्दा कारबाही गरिएको प्रमुख पौडेले बताए। ‘सात दिनभित्र जरिवाना तोकिएको रकम ती पसलहरुले बुझाउनु पर्ने छ,’ उनले भने ,‘ अन्यथा तोकिएको समयमा नबुझाए पसल सिल गर्ने र तोकिएका जरिवान असुल  गरी अन्य कारवाही अगाडि बढाइन्छ। ’

    टोलीले घोराहीमा रहेका सगरमाथा सिमेन्ट उद्योग र तुलसीपुरको दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगको अनुगमन गरेका छ। अनुगमनको क्रममा उद्योगलाई वातारण प्रदुषण नगर्न र मूल्य बृद्धि नगर्न निर्देशन दिएको प्रमुख पौडेलले बताए।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]