स्थानीय निर्वाचन-२०७९

धादिङमा मानसिक सन्तुलन गुमेकी महिलामा कोरोना संक्रमण

जेठ २७, २०७७

    धादिङ : गजुरी गाउँपालिकाको घाटबेशीमा बस्दै आएकी मानसिक सन्तुलन गुमाएकी एक महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। 

    सोमबार संक्रमण पुष्टि भएकी गजुरी–५ घाटबेसी आसपासमा बस्दै आइरहेकी करिब ३२ वर्षकी मानसिक सन्तुलन गुमाएकी ती महिला गर्भवती पनि रहेको पाइएको छ। उनी कसरी गर्भवती हुन पुगिन् भन्ने केही खुल्न सकेको छैन। डेढ वर्षदेखि घाटबेसी आसपास क्षेत्रमा बस्दै आइरहे पनि उनको ठेगाना समेत खुल्न नसकेको स्थानीयले वताएका छन्।

    ती महिलामा स्वास्थ्य समस्या देखिएपछि उनको उद्धार र उपचारका लागि स्थानीयले गजुरी गाउँपालिकालाई आग्रह गरेको थियो। उपचारका क्रममा शंका लागेर स्वाब परीक्षण गर्न पठाउँदा रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले जानकारी दिए। उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

    सोमबारनै नीलकण्ठ नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका १६ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो। यी समेत समेत गरी धादिङमा संक्रमितको संख्या २३ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]