समाज

मनपरी शुल्क लिने विद्यालयलाई कारबाही गर्न १४ विद्यार्थी सङ्गठनको माग

जेठ १३, २०७३

    काठमाडौं : संयुक्त विद्यार्थी सङ्गठनले मनपरी शुल्क लिने विद्यालयमाथि कारबाही गर्न माग गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाएको छ। 

    विभिन्न १४ विद्यार्थी सङ्गठन सम्मिलित उक्त सङ्गठनले तीनदिनभित्र छानबिन गरी कारबाही गर्नुपर्ने माग गरेको छ। 

    विद्यार्थी नेता आरसी लामिछानेले मन्त्रालयले गठन गरेको अनुगमन समितिको काम कारबाही आफूहरुलाई चित्त नबुझेको बताउँदै अझै विद्यालयले मनपरी ढङ्गले शुल्क असुली गरिरहेको जानकारी दिए।  

    अनुगमन गरिएको डिएभी, ग्यालेक्सी, सिद्धार्थ वनस्थलीलगायतका १० विद्यालयको नामसमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ। 

    ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले यस विषयमा आफू गम्भीर रहेको बताउँदै प्याब्सन तथा एनप्याब्सनलाई शिक्षा निर्देशिका लागू गराउन दिने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]