समाज

विद्यालय तहको पाठ्यपुस्तक अझै पुगेन

जेठ १६, २०७३

    पाल्पा- नयाँ शैक्षिकसत्र सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि विद्यार्थीले अझै पुस्तक पाउन सकेका छ्रैनन् । निजी तथा सरकारी विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेपछि चिन्तित बनेका छन् । 

    सामुदायिक विद्यालयको कक्षा ६ र ७ का पुस्तक विद्यार्थीका हातमा पुग्न नसकेको शिक्षकहरु बताउँछन् । त्रिभुवन उच्च माध्यमिक विद्यालय, अर्गलीका प्रधानाध्यापक नारायणप्रसाद नेपालका अनुसार नयाँ शैक्षिकसत्र सञ्चालन भएको एक महिनाभन्दा बढी समय हुँदासमेत विद्यार्थीको हातमा पुस्तक पुगेको छैन । 

    सामुदायिक विद्यालयतर्फका कक्षा ६ र ७ का सबै पुस्तक अभाव छ भने कक्षा ९ र १० को ऐच्छिक विषयको पाठ्यपुस्तकसमेत विद्यार्थीले पाउन नसकेको प्रअ नेपालले बताउनुभयो । कक्षा ९ र १० को ऐच्छिक विषय, गणित, अङ्ग्रेजी, शिक्षा, कम्प्युटरलगायतका विषयको पुस्तक अभाव रहेको हो । 

    जिल्ला शिक्षा कार्यालय, पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले पाँच प्रतिशत सामुदायिक विद्यालयका विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न नसकेको बताउनुभयो । सामुदायिक विद्यालयका विद्यार्थीको हातमा ऐच्छिक विषयको पुस्तक पुग्न नसकेको र संस्थागत विद्यालयका विद्यार्थीले १० प्रतिशत पुस्तक पाउन सकेका छैनन् । 

    बजारमै पुस्तक अभाव हुँदा अधिकांश ग्रामीण भेगका विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन । 

    लक्ष्मी उमावि बन्दीपोखराका प्राचार्य विष्णु सिग्देलले कृषि प्राविधिक तर्फको अनिवार्य विषयबाहेक अन्य विषयको पाठ्यपुस्तक पाउन नसकेको बताउनुभयो । उहाँले कक्षा–९, को सामाजिक विषयको पाठ्नपुस्तक विद्यार्थीको हातमा अहिलेसम्म पर्न नसकेको साथै कक्षा ६ र ७ को नैतिक शिक्षा तथा कम्प्युटर विषयको पाठ्यपुस्तक अभाव रहेको उल्लेख गर्नु भयो । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]