राजनीति

संसद खुलाउन उपाय खोज्दै सत्तासीन दल

असार १, २०७३

    काठमाडौं- संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आव २०७३÷०७४ को बजेट संसद् समक्ष प्रस्तुत हुनु अगावै समाचारपत्र मार्फत आएको भनी मङ्गलबार पटक पटक बैठक अवरुद्ध गरेपछि संसद् खुलाउने बारे सत्तारुढ दलको बैठक बसेको छ । 
    प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सरकारमा रहेका सबै दलको बैठक बालुवाटारमा बसेको हो । बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कानुन, न्याय तथा संसदीयमामिलामन्त्री अग्निप्रसाद खरेलले प्रमुख प्रतिपक्षी दलले मङ्गलबार पटकपटक संसद् अवरुद्ध भएपछि संसद् खुलाउने बारेमा छलफल गर्न बैठक बसेको जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो – “नीति तथा कार्यक्रममा आधारित भएर बजेट आएकामा प्रमुख प्रतिपक्षी दलले बैठक अवरुद्ध गरेको छ, यसो हुनु हुँदैन भन्ने हो, प्रमुख प्रतिपक्षी दलले उठाएको कुराले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।” 
    “बजेट चुहावट केलाई मान्ने, केलाई बाहिर गएको मान्ने भन्ने प्रश्न त्यसभित्र छन्, विगत वर्षहरुमा पनि बजेट आएको छ, बजेटका मूलभूत कुरा बाहिर आउनु स्वाभाविक हो”– खरेलले भन्नुभयो । 
    उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बजेट प्रस्तुत हुनुअगावै सूचना चुहावट भएको कुरालाई लिएर प्रमुख प्रतिपक्षी दलले गरेको अवरोधलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो– “आजै संसद् हुनु अगावै प्रमुख प्रतिपक्षी दलहरुसँग बसेर समस्याको समाधान खोज्नेतर्फ लाग्छौँ ।”

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]