खेलकुद

बास्केटबलमा नेपालको दोहोरो जित

जेठ २१, २०७३

    काठमाडौं- बंलादेशमा भइरहेको फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा नेपालले बुधबार दोहोरो सफलता हात पारेको छ । 
    ढाकामा भएको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ६५–६४ को साँघुरो अन्तरले पराजित ग¥यो । नेपालले चार क्वाटरमा क्रमशः १६–१०, १४–१५, १४–२३ र २१–१६ स्कोर ग¥यो । नेपालको जितमा आशिष बस्नेतले २६ अङ्क योगदान गरे । नेपालले कुनै पनि स्तरको खेलमा श्रीलङ्कालाई हराएको यो पहिलो पटक हो । 

    बुधबारै भएको अर्को खेलमा नेपालले आयोजक बङ्गलादेशलाई ५७–५४ ले हरायो । नेपालले १५–५, १८–१८, १४–१३ र १०–१८ अङ्क जोड्यो । नेपालका लागि निश्चल महर्जनले १५ अङ्क बटुले । चार राष्ट्र सहभागी प्रतियोगिताअन्तर्गत आज नेपालले आफ्नो अन्तिम खेलमा भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]