काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
ललितपुर : रोटरी क्लब अफ कोपुण्डोलले कीर्तिपुरको जनसेवा उच्च माध्यमिक विद्यालयलाई प्रयोगशाला निर्माण गर्न रकम सहयोग गरेको छ।
कीर्तिपुर नगरपालिका पांगास्थित जनसेवा उच्च माध्यमिक विद्यालयलाई विज्ञान प्रयोगशाला निर्माण गर्न रोटरी क्लब अफ कोपुण्डोलले चार लाख २५ हजार रुपैयाँ प्रदान गरेको हो। रोटरी क्लब अफ कोपुण्डोलका निमित्त अध्यक्ष हरिओम ध्वज जोशीले बिहीबार चन्दा रकम विद्यालयकी प्रधानाध्यापक श्रीमती नन्दकुमारी महर्जनलाई हस्तान्तरण गर्नुभयो।
कीर्तिपुर नगरपालिको ७० प्रतिशत र रोटरी क्लब अफ कोपुण्डोलको ३० प्रतिशत अनुदानमा जनसेवा उच्च माविको प्रयोगशाला कक्ष निर्माण हुन लागेको हो। प्रयोगशाला कक्ष निर्माणको कूल खर्च १४ लाख १६ हजार ६६७ हजार छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।