राजनीति

सार्क राष्ट्रका मुख्यसचिवको बैठक बिहीबारदेखि

फोटोः indiandefencereview.com
जेठ २४, २०७३

    काठमाडौं : चौँथो सार्क मुख्य सचिवस्तरीय बैठक यही जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ। 

    गत वर्ष पाकिस्तानको राजधानी इस्लामावादमा सम्पन्न तेस्रो सार्क मुख्यसचिवस्तरीय बैठकमा नेपालले जनाएको प्रतिबद्धताअनुसार यही जेठ २७ र २८ गते सो बैठक हुन लागेको हो। 

    बैठकको उद्घाटन सत्रमा सार्क राष्ट्रका मुख्यसचिव/मन्त्रिपरिषद् सचिव, सार्क सदस्य राष्ट्र तथा पर्यवेक्षक राष्ट्रका राजदूत, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, पूर्व मुख्यसचिवलगायतको सहभागिता रहने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। 

    बैठकमा सदस्य राष्ट्रहरूको सार्वजनिक प्रशासन र सेवा प्रवाहका क्षेत्रमा भएको असल अभ्यासको आदानप्रदानका साथै सार्वजनिक प्रशासनका नविन आयामका बारेमा छलफल हुनेछ। 

    बैठकमा नेपालको तर्फबाट नेपालका भएका राम्रा अभ्याससम्बन्धी प्रस्तुति हुने जनाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]