काठमाडौँ : कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह...
काठमाडौं- प्रेम के का लागि ? जीवनका लागि ? रमाइलोका लागि की बर्वादीका लागि ? यिमध्ये पक्कैपनि प्रेम के का लागी भनेर सोध्यो भने अधिकांशबाट जीवनका लागी भन्ने जवाफ आउन सक्छ । तर यही पवित्र प्रेम दाङकी सीता (नाम परिवर्तन) का लागी बर्वादी बनेको छ । आफुले सबैभन्दा बढी प्रेम गरेका प्रेमीसँग सँगै जीवन बिताउने भनेर बिवाह गरेकी सीताका श्रीमानले नै प्रतिशोध साध्नका निम्ति उनका बिरुद्धमा हदैसम्मको हर्कत देखाए ।
७ वर्ष पहिले कोर्ट म्यारिज गरेर डिपेन्डेन्ट भिसामा नवरपरासीका युवराज अधिकारीसँग अष्ट्रेलिया उडेकी सीता अहिले मर्नु न बाँच्नुको दोसाँधमा छिन् । आफूले धेरै विश्वास गरेका श्रीमानले नै श्रीमान-श्रीमतीकोबीचको गोप्य सम्बन्धको लागी भिडियो खिचेर कुनैदिन सामाजिक सञ्जालमा पोष्ट गरिदेला भनेर कुन श्रीमतीले सोच्न सक्छ होला र ? तर सीताका श्रीमान युवराजले गोप्य सम्बन्धको भिडियो खिचेर पोर्न साइटमा पोष्ट गरिदिए । हामी आधुनिक युगको सूचना प्रविधिसँग खेल्ने युवा । आज त्यही सूचना प्रविधिको दुरुपयोगले सीताको बेइज्जती मात्र होइन जीवन बर्वाद भएको छ ।
आफ्नो प्रेमीसँग बिवाह गरेर अष्ट्रेलिया उड्दा सीतासँग थुप्रै रंगीन सपनाहरु थिए । तर उनको सपना भने लामो समयसम्म रंगीन बन्न सकेन । श्रीमान युवराज स्टुडेन्ट भिसामा विदेश गएकाले उनी कलेज जान्थे भने सीता काममा जान्थिन् । अष्ट्रेलियामा धेरथोर भएपनि पैसा कमाएर जीवन सबारुम्ला भन्ने सपना देखेकी सीताको जीवन केही महिनामै भताभुंग भए।
सन् २००९ मा अष्ट्रेलिया पुगेका युवराज र सीताको सम्बन्ध ३/४ महिनासम्म मात्र राम्रो भयो । अति शंका गर्ने, गाली गर्ने गर्दा गर्दै युवराजले बिस्तारै स्क्स्युअल ह्यारेसमेन्ट, कुटपिट समेत गर्न थाले । पछि काममा जान समेत रोकिदिए । अनि सीताले केही समय घरबाट पैसा मगाएर समेत युवराजको कलेज फि को जोहो गरिन् । सीता भन्छिन्-'सँगै बस्दा पनि श्रीमान श्रीमतीको जस्तो व्यवहार गरेनन् युवराजले ।जहिले पनि कुनै न कुनै निहु खोजेर मलाई दुःख दिइरहन्थे ।
केही समयपछि मेरो पासपोर्ट खोसेर नेपाल फर्किए, म साथीको गएर बसे ।' १ महिना नेपाल बसेर फेरि अष्ट्रेलिया फर्केका युवराजले माफी मागेर सुध्रिन्छु, तेरो पासपोर्ट दिन्छु, आण्टीका कारण तलाई दुःख दिए, अब सुध्रिसके, मलाइ अन्तिम चान्छ दिउ भनेर भनेपछि सीता पनि श्रीमानसँगै बस्न राजी भइन् । साथीले त्यो मान्छे राम्रो छैन नजाउ भन्दा भन्दै पनि सम्बन्ध राम्रो बन्छ की भनेर युवराजसँगै सीता पनि सँगै बस्न थालिन् ।
फ्यामिली प्लानिङ गर्नुपर्छ भनेर नेपालबाटै पिल्स बोकेर गएका थिए युवराजले । राम्रो सम्बन्ध हुदैगर्दा युवराजले श्रीमान श्रीमतीबिचको सम्बन्धको भिडियो समेत बनाएछन् । पछि बिस्तारै विभिन्न नाममा युवराजले टर्चर गर्न शुरु गरे । कहिले माइतीतिरका आमा, दिदी, दाजुभाई कसैसँग पनि सम्बन्ध नराख भन्दै हरेक दिन दबाव दिने । सेक्स्युअल ह्यारेसमेन्ट गर्ने, कुटपिट गर्ने । यस्तै चलिरहेको थियो ।
एकदिन यस्तै क्रममा ३ दिनसम्म घरमा थुनेर समेत राखे । सहिनसक्नु भएपछि सीताले भएजति पिल्स खाएर मर्न समेत कोशिस गरेकी थिइन् । युवराजले सबै कुरा आफैले हत्याइसकेका थिए । पासपोर्ट दिन्छु भनेपनि उनले दिएका थिएनन् । पर्स, पैसा सबै युवराजले नै लगिसकेका थिए । युवराज जति हिंसा गर्थे सीता भने सम्बन्ध कुनै दिन त राम्रो बन्ला नी भन्दै हिंसा सहन्थीन् । पछि अति भएपछि झ्याल बेस्सरी धकेल्दा झ्याल खुल्यो । युवराज घरबाहिर चुरोट खाँदै थिए । लगेजको गोजीमा छाम्दा २ रुपैयाँको क्वाइन भेटाइन् । अनि त्यही टिपेर घरबाट भागेर त्यसअघि बसेको घरबेटीको गइन् ।
पुरानो घरबेटीकोमा गएपछि सीताको अवस्था देखेपछि घरबेटीसँगै घरमा लगेज लिन जाँदैथिए तर घर नजिकै बाटोमा सीता र घरबेटी एलेसलाई देखेपछि युवराजले सुइकुच्चा ठोकेर भागे । टाढासम्म भाग्दै गएपछि स्थानीयले प्रहरी बोलाइदिएछन् । प्रहरीले सोधपुछ गरेपछि कोठामा गएर सबै निगरानी गर्यो । कोठामा पुग्दा सीताका सबै सामानहरु जलाइदिएका थिए युवराजले । प्रहरीले सीता बस्ने घरको १०० मिटर वरपरसम्म युवराजलाई नदेखिने बन्देज लगाइदियो युवराजलाई । त्यसपछि प्रहरीले युवराजले के गर्यो ? त्यो भने उनलाई थाहा छैन ।
त्यसपछिका क्रममा नेपाल आएर युवराजले पोर्न साइटमा भिडियो अपलोड गर्ने, सीताको नाममा फेक फेसबुक आइडी बनाएर शेयर गर्ने गरे । ६ वर्ष पहिले यस्तो हर्कत गरेका सीताले भने थाहै पाइनन् । अपलोड गरेको छ भनेर हल्ला सुनेपनि उनले भिडियो भने हेर्न पाएकी थिइनन् । बिचमा अष्ट्रेलियाबाट आएर किन यस्तो गर्छौ भनेर युवराजको परिवारसँगै भेटेर सम्झाएकी थिइन् । तर युवराज भने डगमग भएनन् । युवराजले जेजे हर्कत गर्थे उनका परिवारले पनि साथ दिदै गएको सीताको दाबी छ ।
पहिल्यैदेखी पारिबारिक सम्बन्ध भएका युवराजले यसरी धोका देलान भनेर कल्पनै गरेका थिएनन् सीताले । ६ वर्ष पहिल्यै भिडियो अपलोड गरेको छ भनेर हल्ला मात्र सुनेपछि सीताले साँच्चिकै भिडियो भने अहिले आएर मात्र हेर्न पाइन । पहिले खोज्दा अश्लिल फोटोहरु मात्र पोष्ट गरेको देखेपनि अहिले भने हाइड गरेको भिडियो ओपन गरेको सीताले बताइन् ।
भिडियो अपलोड भएको थाहा पाएपछि सीता र उनका परिवारले महानगरिय अपराध महाशाखामा १८ जेठमा साइबर क्राइमसम्बन्धी उजुरी गरे । महानगरीय अपराध महाशाखाले बिस्तृत अनुसन्धान गर्दा युवराजले नै भिडियो अपलोड गरेको खुलेको छ । २१ जेठमा युवराजलाई पक्राउ गरेर प्रहरीले युवराजमाथि २३ जेठमा विद्युतीय कारोबार ऐनअनुसार अदालतमा म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी रिस साँध्नकै लागी उनले अश्लील भिडियो र फोटो पोस्ट गरेको खुलेको बताउछन् । ‘राम्रै होस् भनेर सम्बन्ध जोडेको हो । राम्रो हुन सकेन । हामी लामो समयदेखी सँगै छैनौ तर अहिले युवराजले मलाई बर्वाद गर्ने उद्देश्यले उत्रिय । मलाई अन्या भएको छ । म न्यायको शरणमा आएको छु । मलाई आशा छ कानुनले पक्कैपनि ममाथि परेको अन्यायको सहीरुपमा मूल्यांकन गरेर मलाई न्याय दिनेछ'-सीताले भनिन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।