स्वास्थ्य

कारबाहीको माग गर्दै स्वास्थ्य संस्था ठप्प

जेठ २५, २०७३

    बैतडी : बैतडीका स्वास्थ्यकर्मीहरु थप आन्दोलित भएका छन्। सोमबार जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीमाथि भएको दुव्र्यवहारको विरोध र दोषीलाई कारबाहीको माग गर्दै उनीहरु आन्दोलित भएका हुन्। 

    सोमबार जिल्ला अस्पतालका सेवा ठप्प पारी आन्दोलनमा उत्रेका स्वास्थ्यकर्मीहरुले आज जिल्लाभरिका ६८ वटै स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन्। 

    जिल्ला स्वास्थ्य प्रमुखमाथि भएको दुव्र्यवहार सुनियोजित भएकाले कार्यस्थलमा काम गर्न असुरक्षा महसुस भएकाले जिल्लाभरिका स्वास्थ्य संस्था बन्द गरिएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर किशोर अवस्थीले बताउनुभयो। 

    स्वास्थ्य सूचकाङ्कमा पछाडि रहेको बैतडीको स्वास्थ्य क्षेत्र सुधारका लागि अनवरत क्रियाशील रहेका डाक्टरमाथि दुव्र्यवहार भएकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनुपरेको प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीका डा युगलज्योति नेपालले बताउनुभयो। 

    आज पनि जिल्लामा रहेका स्वास्थ्यकर्मीहरुले काम गर्ने सुरक्षित वातावरण हुनुपर्ने, डाक्टरमाथि कालोमोसो दल्ने योजना बनाउने योजनाकारलाई कारबाही हुनुपर्नेलगायतका माग राखी जिल्ला प्रशासन अगाडि धर्ना दिएका छन्। 

    आफ्ना माग पूरा नहुँदासम्म र दोषीमाथि कानुनी कारबाही नहुँदासम्म आन्दोलन जारी रहने उहाँले बताउनुभयो। डा अवस्थीमाथि भएको घटनाका बारेमा सोमबार बैतडी पुग्नुभएका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले कानुन विपरीतका काममा संलग्नलाई कारबाही हुने बताउनुभयो। 

    डाक्टरमाथि दुव्र्यवहार गर्ने तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको उहाँले बताउनुभयो। जिल्लामा बन्द रहेको स्वास्थ्य सेवा सञ्चालनका लागि पनि पहल गर्ने प्रमुख जिल्ला अधिकारी चौधरीले बताउनुभयो। 

    स्वास्थ्यको सूचकाङ्कमा ७२औँ नम्बरमा रहेको बैतडीलाई चौथो नम्बरमा ल्याउन सफल डा अवस्थीमाथि एक्कासि कालोमोसो दल्ने काम भएपछि अहिले स्वास्थ्य क्षेत्र आन्दोलित बनेको छ। नेपाल सरकारले उत्कृष्ट कार्यालय प्रमुख घोषणा गरिसकेका डा अवस्थीमाथि भएको दुव्र्यवहारको स्वास्थ्यसँग सम्बन्धित सङ्घ सङ्गठनले विरोध जनाएका छन्। 

    पछिल्लो समयमा बैतडीमा पूर्णसंस्थागत सुत्केरी अभियान, नमुना स्वास्थ्य जिल्ला घोषणा अभियानलगायत स्वास्थ्य क्षेत्र सुधारका अभियान सञ्चालन भइरहेका बेला एक्कासि डाक्टरमाथि दुव्र्यवहार गर्नु सुध्रिँदै गएको स्वास्थ्य क्षेत्रलाई पछाडि धकेल्नु रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्। 

    अभद्र व्यवहारको निर्देशनालयद्वारा निन्दा 

    जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीमाथि भएको अभद्र व्यवहारको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले निन्दा गरेको छ। 

    निर्देशनालयका निमित्त निर्देशक खगेन्द्र भारतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुर्गम क्षेत्रमा कार्यरत डाक्टरमाथि भएको अभद्र व्यवहारमा संलग्नलाई कानुनी कारबाहीको माग गरिएको छ। 

    विज्ञप्तिमा भनिएको छ – “दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य क्षेत्र सुधारका लागि अहोरात्र खटिरहेका डाक्टर अवस्थीमाथि भएको अभद्र व्यवहारले राष्ट्रसेवक कर्मचारीकोे मनोबल घटाउने काम भएको छ। यसले सबै कर्मचारीलाई दुःखी बनाएको छ।” 

    सो अभद्र व्यवहारले सुध्रिँदै गएको स्वास्थ्य क्षेत्रमा प्रभाव पर्ने देखिएको उल्लेख गर्दै घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि विज्ञप्ति मार्फत आग्रह गरिएको छ।


रियलटाइम हाइलाइटस्

२१:४१

q

२१:४१

p

 

२१:२०

e

२१:२०

d

२१:२०

c

२१:२०

b

२१:२०

a

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]