मनोरञ्जन

चौथो नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

जेठ ३०, २०७३

    काठमडौं- चौथो नेपाल मानवाधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जेठ २८ देखि ३० गतेसम्म हुने भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा हुने उक्त महोत्सव तिन दिन सक्म चल्ने छ । महोत्सवमा विभिन्न देशमा ३२ वटा चलचित्र प्रदर्शन गरिने छन् । व्यवसायिक चलचित्र उद्योगले सामाजिक, आर्थिक, राजनीतिक तथा सांकृतिकरुपमा पछि परेका, उत्पीडित, न्यायको अनुभूति गर्न नपाएका समुदायको आवाज मुखरित गर्न नसकेको भन्दै विश्वभरनै वैकल्पिक चलचित्रको निर्माण हुँदैआएको र यस्ता चलचित्रहरुको महोत्सव आयोजना गर्न पाउँदा गौरव अनुभव गरेको महोत्सव निर्देशक पाण्डव खत्री क्षेत्रीले बताए । मानवअधिकार चलचित्र केन्द्रको मुख्य आयोजना र राष्ट्रिय मानवअधिकार आयोग तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी ) को सहकार्यमा महोत्सव लितपुरको स्टाफ कलेजमा हुनेछ । महोत्सवमा प्रतियोगितातर्फ ५ वटा नेपाली चलचित्रसहित २५ वटा चलचित्र रहने छन। उक्त प्रतियोगितामा नेपाली र विदेशी गरी दुई विधामा पुरस्कृत गरिनेछ ।

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। .

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]