अर्थ

लघु तथा साना उद्योग ग्राम स्थापना गरिने

फोटोः रत्न श्रेष्ठ/रासस
जेठ २७, २०७३

    काठमाडौं : नेपाल घरेलु तथा साना उद्योग महासङ्घले लघु तथा साना उद्योग ग्राम स्थापना गर्ने भएको छ। महासङ्घको यही जेठ २५ गते भएको २३ औँ महाधिवेशन तथा २० औँ राष्ट्रिय महिला सम्मेलनबाट नवनिर्वाचित कार्यसमितिले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। 

    महासङ्घका नवनिर्वाचित अध्यक्ष श्यामप्रसाद गिरीले वर्तमान कार्यसमितिले औद्योगिक नीति २०६७ अनुरुप औद्योगिक व्यवसाय ऐन जारी गराउन पहल गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “भूकम्पबाट क्षतिग्रस्त १७ हजारभन्दा बढी साना उद्योगलाई प्रतिउद्योग रु आठ लाख अनुदान उपलब्ध गराउन पनि पहल गर्छौँँ।” 

    उहाँले भूकम्प र आपूर्ति असहजताका कारणले पीडित उद्योगको पुनःस्थापनाका लागि सरकारद्वारा घोषित रु एक खर्बमध्ये कर्जा कार्यक्रम बापत लघु तथा साना उद्योगलाई कम्तीमा रु ५० अर्ब कर्जा प्रवाह गर्न पहल गरिने बताउनुभयो। 

    यस्तै सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिकालाई तीव्रताका साथ लागू गर्न दबाब दिइने जानकारी उहाँले दिनुभयो। 

    त्यस्तै घरेलु तथा साना उद्योगको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न प्राथमिकताका साथ अन्तर्राष्ट्रिय व्यापार मेलामा उद्योगीको सहभागिता बढाउन पहल गरिने भएको छ। वैकल्पिक ऊर्जा प्रयोग गरी उद्योग सञ्चालन गर्न चाहने उद्यमीलाई पाँच किलोवाटसम्म जडान क्षमता भएको सौर्य ऊर्जा प्रणाली स्थापना गर्दा ५० प्रतिशत अनुदानका लागि सरकारसँग माग गर्ने अध्यक्ष गिरीले बताउनुभयो। 

    महिला उद्यमशीलता विकास कोषमा यस पटकको बजेटमा रु १८ करोड विनियोजन भएकामा यसलाई ५० जिल्लामा विस्तार गर्न पहल गरिने महासङ्घले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]