खेलकुद

तेक्वान्दो महासङ्घका उपाध्यक्ष ठगी आरोपमा पक्राउ

जेठ २७, २०७३

    काठमाडौं : नेपाल इन्टरनेसनल तेक्वान्दो महासङ्घका उपाध्यक्ष चेतनराज गिरीलाई नक्कली कागज बनाई दक्षिण कोरिया पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ। 

    म्याग्दी घर भएका ५३ वर्षीय टेकप्रसाद लामगादेबाट रु एक लाख र दीपक सुनारबाट रु दुई लाख ६० हजार लिई इन्टरनेसनल तेक्वान्दो फेडरेसनको नक्कली कागज बनाएको जनाउँदै महानगरीय अपराध महाशाखाको टोलीले स्थानीय त्रिपुरेश्वरबाट उनलाई पक्राउ गरेको हो। 

    जुम्ला चन्दननाथ नगरपालिका घर भएका गिरीलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ। 

    झापा घर भएका राजेन्द्र दवाडीलाई समेत फेडेरेसनको नक्कली कार्ड मार्फत तेक्वान्दोको खेलाडी बनाई रु सात लाख ५० हजार लिई लन्डन पठाएकामा नक्कली कागजात भन्ने थाहा भएपछि त्यहाँको विमानस्थलबाट फिर्ता पठाइएको थप जाहेरी महाशाखामा परेको छ। 

    उनले महासङ्घबाट नक्कली खेलाडी बनाई रकम लिएर अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अभियुक्त गिरी रग्वी सङ्घको समेत महासचिव रहेको तथा उनले न्युजिल्यान्ड, बेलायत, चीन र क्यानडामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो खेलमा रेफ्रीका रुपमा भूमिका निर्वाह गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]