समाज

विरोधका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन मानवअधिकार आयोगको आग्रह

नेकपा माओवादीले गरेको नेपाल बन्दको कारण राजधानीमा सार्वजनिक यातायातका साधन कम चले। निजी सवारीसाधन भने उल्लेखित मात्रामा चलेका थिए। फोटोः पूर्णप्रसाद मिश्र/रासस
जेठ २७, २०७३

    काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले नेकपा माओवादीले आह्वान गरेको बन्दले नागरिकको जनजीवन कष्टकर भएकामा चिन्ता व्यक्त गरेको छ। 

    आयोगका प्रवक्ता मोहना अन्सारीले प्रेस विज्ञप्ति जारी गरी बन्दका कारण सवारी साधन नचलेपछि सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको तथा दैनिक रोजगारी लगायत शैक्षिक संस्था र कलकारखाना बन्द हुँदा विद्यार्थी र दैनिक मजदुरी गरेर खाने वर्ग बढी मारमा परेको उल्लेख गर्नुभएको छ। 

    विज्ञप्तिमा विरोधका कार्यक्रम शान्तिपूर्ण र मर्यादित बनाउन बन्दकर्तालाई आग्रह गरिएको छ । ‘‘बन्दले जनजीवन अत्यन्त कष्टकर हुने हुँदा यसतर्फ संवेदनशील बन्दै आपसी छलफल, संवाद र वार्ताको माध्यमबाट सहमति खोज्न आयोग नेपाल सरकार र बन्दकर्तालाई आग्रह गर्दछ’’ विज्ञप्तिमा भनिएको छ। 

    आयोगले बन्दका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]