समाज

भिरमह बेचेको पैसा जम्मा गरेर सडक निर्माण

नेपालको नक्शामा रातो रङमा पर्वत जिल्लाको फोटो
असार २, २०७३

    फलेवास (पर्वत) : भुकताङ्ले गाविसका बासिन्दाले भिरमह बिक्री गरेर गाउँमा सडक निर्माण गरेका छन्। 

    भिरमह बिक्री गरी रु छ लाखको लागतमा कास्कीको नयाँपुलदेखि पर्वतको भुकताङ्ले–८ र ९ हुँदै फेरि कास्कीको पर्यटकीयस्थल दाङ्सिङ सुधामेसम्मको करिब चार किलोमिटर सडकको ट्र्याक खोलेका हुन्। स्थानीयवासी महानबहादुर गुरुङका अनुसार स्थानीयले यस वर्ष ३०० किलो मह सङ्कलन गरेका थिए। 

    मह प्रतिकिलो दुई हजार रुपैयाँका दरले स्थानीय बजार र पोखरा तथा काठमाडौंमा बिक्री गरी रकम सङ्कलन गरिएको गुरुङले जानकारी दिए। उक्त सडक निर्माणसँगै पर्यटकीय सहर पोखरालाई हिमालपारिको जिल्ला मुस्ताङ हुँदै कोरला नाका जोड्ने सडकको नयाँ ट्र्याक समेत जोडिएको छ। 

    अन्नपूर्ण पदमार्गलाई वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने गरी स्थानीयवासीले ट्र्याक खोलेका हुन्। ट्र्याक खुलेपछि पोखरादेखि मुस्ताङ जाने सवारी साधनका लागि करिब ३५ किलोमिटर सडक छोटिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]