पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
चितवन : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा जिल्ला अदालत चितवनमा तारेखमा रहेका पर्शुराम पौडेलसहितका आरोपीले बिहीबार अधिकारीका आमा, दाजुसहित १० जनाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन्।
पौडेलले तत्कालीन विद्रोहीले गरेको कारबाहीसँग निर्दोष आफूहरुलाई जोडेर निहित स्वार्थपूर्तिका लागि मानवअधिकारको हनन गरेको भन्दै उजुरी दिएको बताए।
गोरखा फुजेलका अधिकारीको रत्ननगरमा हजुरबुबा भेट्न आएका बेला तत्कालीन माओवादीले हत्या गरेका थिए। सो मुद्दाको छिनोफानो भएको छैन। पौडेलसहित १३ जनाविरुद्ध दाजु नुरप्रसादले किटानी जाहेरी दिएपछि उनीहरु तारेखमा छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।