राजनीति

नेपालप्रति चीनको दृष्टिकोण सहयोगी र सकारात्मकः प्रधानमन्त्री

असार ३, २०७३

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति छिमेकी मुलुक चीनको सदैव अत्यन्त सहयोगी र सकारात्मक दृष्टिकोण रहेको बताएका छन्।  

    नेपाल चीन समाजद्वारा प्रकाशित परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको ‘सिक्स्टी इयर्स अफ डाइनामिक पार्टनरसिप’ नामक अंग्रेजी कृतिको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले चीनसँगको नेपालको मित्रता पारस्परिक लाभभन्दा पनि पारस्परिक सम्मानमा आधारित रहेको बताए।  

    उनले हालै आफूले गरेको चीन भ्रमणबाट दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको र नेपालले ठूला तथा विकसित मुलुकबाट निरन्तर सहयोग र सकारात्मक दृष्टिकोणको अपेक्षा गरेको उल्लेख गरे। उक्त कृति ५६६ पृष्ठको छ। 

    प्रधानमन्त्री ओलीले श्रेष्ठको पुस्तकबाट दुई देशको बहुआयामिक सम्बन्धमाथि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

    सोही कार्यक्रममा श्रेष्ठको सोही पुस्तक माथिको भीम विराग फाउन्डेसनद्वारा प्रकाशित समीक्षा ‘द फाउन्टेन अफ रिभ्युज अन सिक्स्टी इयर्स अफ डाइनामिक पार्टनरसिप’ नामक कृति पनि लोकार्पण गरियो। 

    तुलसी थापाद्वारा सम्पादित सो पुस्तक श्रेष्ठको पुस्तकमा आधारित समीक्षात्मक कृति हो। यो पुस्तक १०४ पृष्ठको छ। नेपालका लागि चीनका राजदूत ऊ चुन्ताई, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल चीन समाजका अध्यक्ष प्रेमकुमारी पन्तलगायतले किताब तथा दुई देशबीचको सम्बन्धका बारेमा समीक्षा गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]