समाज

नक्कली सर्टिफिकेट अभियोगमा वीरगन्जबाट नौ चिकित्सक पक्राउ
SHARES

असार ३, २०७३

    पर्सा : नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा आज वीरगन्जबाट नौ चिकित्सकलाई पक्राउ गरेको छ। 

    प्रहरी नायब उपरीक्षक फिरोज बस्नेतको नेतृत्वमा काठमाडौंबाट आएको टोलीले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट तीन, वीरगन्जकै नेसनल मेडिकल कलेजबाट चारर निजी क्लिनिकबाट दुई चिकित्सकलाई नियन्त्रणमा लिएको हो। 

    नारायणी उपक्षेत्रीय अस्पतलामा कार्यरत डा. कुशराज गिरी, डा. सरोजकुमार सिंह, डा. पन्नालाल पटेल तथा नेसनल मेडिकल कलेजबाट डा. इरसादुल हक, डा. महम्मद राहुल्ला, डा. निमेष पाल रमन र डा. रामकुमार प्रधान तथा वीरगन्जका विभिन्न स्थानका निजी क्लिनिकबाट डा. दिनेश साह र डा. अरुणकुमार गुप्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    अभियुक्त सबै चिकित्सकको शौक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी सिआइबीमा परेकाले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका चिकित्सकलाई छ घन्टासम्म जिल्ला प्रहरी कार्यालय पर्सामा राखी सुरक्षा व्यवस्थाका साथ आवश्यक अनुसन्धानका लागि काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए।  

    नेसनल मेडिकल कलेजको सघन कक्षमा बिरामीको शल्यक्रिया गरिरहेका बेला प्रवेश गरी चिकित्सकलाई पक्राउ गर्नु प्रहरीको गलत कार्यशैली रहेको आरोप डा. निरज सिंहले लगाए।  

    यसैबीच चिकित्सक पक्राउ परेको विरोध गर्दै नेसनल मेडिकल कलेज र नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक तथा मेडिकल स्टाफ जिल्ला प्रहरी कार्यालयमा जम्मा भएपछि अस्पतालमा भर्नामा रहेका बिरामी उपचार सेवाबाट वञ्चित छन्। चिकित्सक पक्राउको विरोध गर्दै जिल्ला प्रहरी कार्यालय परिसरभित्रै चिकित्सक तथा मेडिकल स्टाफले प्रहरीविरुद्ध नाराबाजी पनि गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]