समाज

भूकम्पपीडितको सूचिमा नाम छुटेपछि गाविस कार्यालयमा तालाबन्दी

पुनर्निर्माण प्राधिकरणको काममा लापरवाही

असार ४, २०७३

    गोरखा- पुनर्निर्माण प्राधिकरणको काममा एकपछि अर्को लापरवाही भेटिएपछि भूकम्पपीडितलाई अझ समस्या भएको छ । घर बनाउन सरकारले दिने अनुदान रकम पाउने सूचीमा आफूहरुको नाम छुटेको भन्दै गोरखाको ताप्ले गाविसका भूकम्पपीडितले गाविस कार्यालयमा ताला लगाएका छन् । 
    करिव २० जनाको सङ्ख्यामा हिजो शुक्रबार दिउँसो कार्यालय पुगेका भूकम्पपीडितले ‘वास्तविक भूकम्पपीडितको नाम छुटाइएको’ भन्दै ताला लगाएका हुन् । 

    यसअघि घर पूर्ण रुपमा क्षति पुगेको भन्दै रातो कार्ड लिएका भूकम्पपीडितको नाम अनुदान पाउने सूचीमा छुटेपछि उनीहरु आक्रोशित भएका हुन् । लाभग्राही र गाविस सचिवबीच अनुदान वितरण प्रक्रियाका लागि सम्झौताको काम भइरहेका बेला उनीहरुले कार्यालय बन्द गराएका हुन् । 
    गाविस सचिव घनश्याम ढकालका अनुसार गत जेठ २६ गतेदेखि निजी आवास निर्माणका लागि अनुदान दिन लाभग्राहीसँग सम्झौता सुरु गरिएको हो । रातो कार्ड लिएका तर अनुदान पाउने सूचीमा नाम छुटेकाहरुले कार्यालय बन्द गराएको उनले बताए । आजसम्म ८०० जनाको सम्झौता भैसकेको छ । 
    एक हजार २९८ जनाले रातो कार्ड पाएको भएपनि गाउँमा इञ्जिनियर गएर तथ्याङ्क सङ्कलन गरेपछि एक हजार २२८ जनाको मात्रै अनुदान पाउने सूचीमा नाम निस्केको थियो । पूर्व गाविस अध्यक्ष देवीप्रसाद श्रेष्ठले भूकम्पले घर भत्किएपनि कसैको नाम आएको, कोहीको नआउँदा समस्या देखिएको बताए । 
    अनुदान पाउने सूचीमा नाम छुटेमा गुनासो गर्न फाराम भर्ने नियम भएपनि सो नियम नबुझेर गाउँ–गाउँका मानिसहरु नाम छुटेको गुनासो गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालयमा दिनहुँजसो आउने गरेका छन् । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]