स्वास्थ्य

मधुमेहका बिरामीले थाहा पाउनैपर्ने ६ कुरा

वरिष्ठ फिजिसियन डा. एई अन्सारी।
असार ४, २०७३

    काठमाडौं- कुनै समय मधुमेह अर्थात चिनीरोग बुढाबुढी र धनीलाई मात्र लाग्ने रोगका रुपमा चिनिन्थ्यो। हिजोआज युवा, वृद्धा र धनी, गरीब सबैथरीमा यो रोग देखिन थालेको छ।

    बदलिएको जीवनशैली, शारीरिक निष्क्रियता, मोटोपन, असन्तुलित खानपान, मदिरा, धुमपान आदिको सेवन र तनाव जस्ता कारणले नेपालमा मधुमेह रोगीको संख्या बढ्दै गएको छ। यसै सन्दर्भमा मधुमेह रोगको लक्षण, सावधानी र उपचारबारे वरिष्ठ फिजिसियन  डा. एई अन्सारीको सु्झाव : 

    १. मधुमेह कस्तो रोग हो? 

    रगतमा चिनीको मात्रा धेरै हुनुनै मधुमेह (डाइविटिज) हो। यो खास ग्रन्थीमा हुने कोषहरुले उत्पादन गर्ने इन्सुलिन भन्ने पदार्थ प्यान्क्रियाजमा कम उत्पादन भयो भने या उत्पादन भएको इन्सुलिनले काम गरेन भने शरीरमा ग्कलुकोजको मात्रा बढ्छ। जसले गर्दा रगतमा चिनीको मात्रा बढ्छ। 

    यदि मानिसलाई बिहान खाली पेटमा रगत जाँच्दा चिनीको मात्रा १२६ मिलिग्राम भन्दा बढी देखियो भने चिनीको मात्रा बढेको मानिन्छ। यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह लाग्ने सम्भावना धेरै हुन्छ। यस्तो बेलामा चाँडै नै डाक्टरकोमा जानुपर्छ। 

    २. मधुमेह लागेको कसरी थाहा पाउने? 

    छिटो छिटो पिसाब लाग्ने, बढी तिर्खा लाग्ने, धेरै भोक लाग्ने, आँखा तिरमिराउने,शरीरको वजन घट्दै जाने, थकाई, आलस्य र कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, मुख सुक्खा हुने हात खुट्टा झमझमाउने र रिंगटा लाग्ने  जस्ता लक्षणहरु मधुमेह लागेका व्यक्तिमा देखिन्छ। यस्तो लक्षण देखिएमा एक पटक रगत जाँच गराएर मधुमेह लागेको हो कि होइन भनेर जाँच गरिहाल्नुपर्छ। 

    ३. मधुमेह कति किसिमका हुन्छन् ? 

    मधुमेह खासगरी दुई प्रकारको हुन्छ- टाइप वान र टाइप टु। टाइप वान भनेको इन्सुलिनमा भर पर्ने मधुमेह हो। शरीरले इन्सुलिन उत्पादन गर्न नसकेपछि यो रोग लाग्छ। यो रोग ३० बर्ष नपुग्दै पनि देखा पर्न सक्छ। यसको उपचार भनेको इन्सुलिन सुइको प्रयोग र उचित खानपिन नै हो। नियमित व्यायाम यसको अर्को उपचार विधि हो।

    त्यस्तै टाइप टु इन्सुलिनमा भर नपर्ने खालको मधुमेह हो। यसमा प्यान्क्रियाजले इन्सुलिनको उत्पादन गरेपनि त्यो शरिरका लागि चाहिने मात्रामा हुँदैन प्यान्क्रियाजले उत्पादन गरेको इन्सुलिनले राम्ररी काम गरेन भने यो खालको मधुमेह लाग्छ। यस्तो मधुमेह ४० वर्ष भन्दा माथिकालाई लाग्छ। 

    ४. कस्ता मानिसलाई मधुमेह हुने सम्भावना हुन्छ? 

    यो रोग विशेषगरी मोटो व्यक्ति, कम्मर र पेटमा बोसो जम्मा भएको, व्यायाम नगर्ने ब्यक्तिलाई लाग्न सक्छ। घर परिवारमा बाबुआमा कसैलाई डाइविटिज छ भने छोराछोरीमा पनि हुने सम्भावना हुन्छ। त्यस्तै तनाव लिने, विलासीपूर्ण जीवनशैली भएका, धुमपान र मध्यपान गर्ने व्यक्तिहरुलाई यो रोग लाग्ने सम्भावना हुन्छ।

    ५. यो रोग लागेका व्यक्तिले के के कुरामा ध्यान दिनुपर्छ?

    डाइविटिज भएका मानिसले सबैभन्दा धेरै खानेकुरामा ध्यान दिनुपर्छ। धेरै गुलिया र धेरै नुनिला खानेकुरा, मोटोपन बढाउने, चिल्लो पदार्थ भएका, आँप.केरा अंगुर जस्ता गुलिया फलफूल खानु हुँदैन। यसका साथै धूम्रपान र मध्यपान गर्नु हुदैन, शारीरिक व्यायाम गर्नुपर्छ। मधुमेह भएका मानिसले हरेक दिन विहान ३० मिनेट पसिना आउने गरी हिँड्नु राम्रो हुन्छ।

    ६. डाइविटिज भएका मानिसहरुले कस्तो खानेकुरा खानुपर्छ?

    डाइविटिज भएका मानिसले अरुले जस्तै सामान्य सादा खाना खानुपर्छ। रमजानमा धेरै मानिसहरु भोकै ब्रत बस्छन्। तर डाइविटिजका विरामीले यस्तो गर्नु हुदैन। सकेसम्म छिटो छिटो खाने कुरा खाइरहनुपर्छ। यसका साथै हरिया सागसब्जी, दूध, दही र कम कार्बोहाइड्रेड भएका खानेकुरा खानुपर्छ। राता मासु र तेलमा तारेका खानेकुरा पनि खानुहुँदैन। 

    डाइविटिज भएका मानिसले रक्तचापलाई १३०/१९० भित्रै राख्नुपर्छ। डाइविटिजले मुटु, मृर्गौला, आँखा, मश्तिष्क र छालालाई समेत संक्रमण गर्ने हुँदा डाइविटिज भएका र लामो समयसम्म डाइविटिजका औषधी सेवन गरेकाहरुले बेलाबेलामा डाक्टरसँग जाँच गराउनुपर्छ। यस बाहेक डाइविटिजका विरामीले खानपानमा विशेष ध्यान दिनुका साथै बिलासीपूर्ण जीवनशैलीलाई त्याग्नु र शारीरलाई सक्रिय राख्नुपर्छ। 

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]