समाज

डढेलो र भूक्षयबाट चुरे जोगाउन छत्तिवनका बासिन्दाको हातेमालो

असार ४, २०७३

    डोटी : सङ्कटमा पर्दै गइरहेको चुरे संरक्षणमा डोटीमा छत्तिवन गाविसका बासिन्दा अग्रसर बनेका छन्। यस वर्ष भएको लामो खडेरीसँगै लागेको आगोबाट सङ्कटमा परेको चुरे क्षेत्र जोगाउन जिल्ला वन कार्यालय र भू–संरक्षण कार्यालयसँग छत्तिवनका बासिन्दाले हातेमालो गरेका छन्। 

    चुरे क्षेत्रको संरक्षण र संवद्र्धनबाट मात्रै वातावरण सन्तुलन राख्न सकिन्छ भन्ने हेतुले अभियानलाई तीव्र पारिएको जिल्ला वन अधिकृत बद्रीकुमार कार्कीले बताए।

    यस वर्षको खडेरीयामले डोटीमा करिब ५० प्रतिशत भन्दा बढी जङ्गलमा लागेको डढेलोले वातावरणमा परेको असर र भूस्खलनलाई मध्यनजर गरी चुरे जोगाऔँ अभियान थालिएको वन अधिकृत कार्कीले बताए।

    डढेलोले जङ्गल सखाप पारेको अवस्थामा चुरे संरक्षण गरिएन भने भावी पिँढीलाई झन समस्या निम्तिन्छ, र हाललाई बाढी पहिरोको जोखिम बढ्छ, पानीका स्रोत सुक्दै जान्छन्, कार्कीले थपे।  

    हाल डोटीमा करिब २५ वटा सामुदायिक वनले चुरेलाई छोएको जिल्ला वन कार्यलयले जनाएको छ। अहिले अधिकांश वन क्षेत्र डढेलोले सखाप तुल्याएको छ, जसले गर्दा भूक्षय, भुस्खलन्, बाढीको बढी जोखिम रहेको जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख टोपबहादुर श्रेष्ठले बताए।  

    श्रेष्ठका अनुसार डोटीमा अधिकांश वन बाढी पहिरोको जोखिममा रहेको छ। जसका संरक्षणमा अग्रसरता देखाइएन भने, सङ्कट निम्तिन्छ, उनले भने। 

    डोटीमा रहेको छत्तिवन गाविसस्थित चुरेबाट बग्ने बिछेल र पतडाखोलामा स–साना ड्याम बाँधिएको छ, भने वृक्षरोपणका लागि करिब दुई हजारभन्दा बढी बाँस निगालोका बिरुवा तयार भएको जिल्ला वन कार्यालयले जानकारी दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]