अर्थ

श्रममन्त्री भन्छन्- ठगी गर्ने मेनपावर सरकारको निगरानीमा छन्

फोटोः eprabhav.com
असार ४, २०७३

    बुटवल : श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले वैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गर्न सरकार क्रियाशील रहेको बताएका छन्। 

    सरकारले गतवर्ष असारदेखि नै वैदेशिक रोजगारमा जाने कामदारलाई ‘फ्रि भिसा र फ्रि’ टिकटको व्यवस्था लागू गरे पनि त्यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उनले त्यस्ता ठगी गर्ने मेनपावर सरकारको निगरानीमा रहेको बताए।

    रोजगार मन्त्रालय आप्रवासन (सामी) परियोजनाले बुटवलमा आयोजना गरेको गोष्ठीको आज बुटवलमा उद्घाटन गर्दै मन्त्री बोहोराले वैदशिक रोजगारमा जाने कामदारको फारम र रु १० हजार भुक्तानी अनलाइन प्रणालीमा हुने जानकारी दिए।

    उनले मेनपावर सञ्चालकबाट सर्वसाधारणलाई ठगी नियन्त्रण गर्न सरकारले ऐन संशोधन गर्न लागेको बताए। वैदेशिक रोजगारमा गएर मृत्यु भएका परिवारलाई रु १० लाख र अपाङ्ग भएका व्यक्तिलाई पाँच लाख रुपैयाँ सरकारले दिने र उक्त रकम पीडितले आ–आफ्नो जिल्लाबाट पाउने मन्त्री बोहोराले बताए।  

    ‘मन्त्रालयले नयाँ ६ वटा देशसँग वैदेशिक रोजगारका लागि श्रम सम्झौता गर्ने तयारी गरेको छ’, उनले भने।  

    मन्त्रालयका सहसचिव गोविन्द भुर्तेलले नेपालको अर्थतन्त्रमा ३० प्रतिशत योगदान दिने वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउन ऐन र निर्देशिका संशोधन गरेर कार्यान्वयन हुने चरणमा रहेको बताए।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले वैदेशिक रोजगारलाई न्यूनीकरण गर्न स्वदेशमै उद्योग धन्दाको विकास हुन जरुरी रहेको बताए। गोष्ठीमा १८ जिल्लाका प्रतिनिधि सहभागी छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]