पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
भक्तपुर : देशभरका उच्च माध्यमिक विद्यालयले आगामी साउन १५ गतेभित्र कक्षा ११ का लागि विद्यार्थी भर्ना लिइसक्नुपर्ने भएको छ।
नतिजाको ग्रेडिङका आधारमा विद्यार्थी भर्ना लिन परिषद्ले उमाविहरुलाई निर्देशन जारी गरेको हो।
कक्षा ११ का विद्यार्थीले भदौ मसान्तसम्म विद्यार्थीको रजिस्ट्रेसन आवेदन बुझाइसक्नुपर्ने गरी शैक्षिक क्यालेन्डरसमेत सार्वजनिक गरेको परिषद्का उपाध्यक्ष डा. चैतन्य शर्माले जानकारी दिए।
त्यसैगरी कक्षा १२ को हकमा भने साउन १ गतेसम्म विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन २ गतेदेखि पढाइ सञ्चालन गरिसक्न परिषद्ले निर्देशन दिएको छ।
त्यसैगरी कक्षा ११ को परीक्षा २०७४ वैशाखको अन्तिम सातासम्म र कक्षा १२ को वैशाख दोस्रो सातासम्ममा परीक्षा सञ्चालन गर्नसमेत परिषद्ले उमाविलाई निर्देशन दिएको छ। उमाविहरुले कक्षा ११ को कात्तिक मसान्तभित्र र कक्षा १२ को साउन मसान्तभित्र नतिजासमेत सार्वजनिक गरिसक्नुपर्ने निर्देशन दिएको छ।
त्यसैगरी गरिब र जेहेन्दार विद्यार्थीलाई ११ कक्षामा पढ्नका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ। छात्रवृत्तिका लागि विद्यार्थीले ११ वटा क्षेत्रीय कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरेको परिषद्का परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले जानकारी दिए।
उनका अनुसार विज्ञान र व्यवस्थापन विषयका लागि साउन १ गते हुने प्रवेश परीक्षामा ७० प्रतिशत र एसएलसीमा ल्याएको ३० प्रतिशतका आधारमा सबैभन्दा धेरै अङ्क ल्याउनेले छात्रवृत्ति पाउने व्यवस्था गरेको छ।
परिषद्का अनुसार सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई छात्रवृत्तिका लागि विशेष प्राथमिकता दिने भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।