काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
काठमाडौं : काठमाडौंमा दिनदिनै पानी परिरहेको छ। यहाँका खोला, नदीमा पानीको सतह बढेका त छन् नै पानी पर्दा सडक समेत जलमग्न हुुन्छन्। तर काठमाडौंको रानीपोखरीमा पानी छिपछिपे मात्र छ।
त्यहाँको पानी ढल मार्फत बाहिर कटाएर पोखरी सुकाइएको छ। पोखरीका माछाहरु काठमाडौंका अन्य पोखरीहरुमा सारिएको छ। किनभने रानीपोखरीको पुनर्निर्माण हुँदैछ।
गएको माघ २ गते राष्ट्रपति विद्या भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेपनि काम भने वैशाख १२ गतेपछि मात्र सुरु भएको छ। भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्र्वर मन्दिर अहिले भत्काइएको छ। त्यस ठाउँमा पुरानै स्वरुपको नयाँ मन्दिर बनाउने काठमाडौं महानगरपालिकाको योजना छ।
हरेक बर्ष भाइटीकाको दिनमात्र सर्वसाधारणको लागि खोलिने उक्त मन्दिर यसवर्षको भाइटीकाको दिनसम्म तयार हुने गरी निर्माण अघि बढाइने महानगरपालिकाको भनाइ छ।
करिब ३५० बर्ष पुरानो रानीपोखरी पुनर्निर्माणपछि नयाँ स्वरुपको हुनेछ। यसको चारैतिर वगैंचा बनाइने र सर्वसाधारण प्रवेश खुला गरिने महानगरपालिकाको तयारी छ। अहिले पुनर्निर्माण भइरहेकाले रानीपोखरी वरीपरी भीड नबडोस भनेर पोखरीलाई त्रिपालले घेरिएको छ। तर सर्वसाधारणले त्रिपाल प्वाल पारेर पनि भित्रको गतिविधि सडकबाटै नियाल्ने गरेका छन्।
हेर्नुस रानीपोखरीका थप फोटोहरु :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।